सामुदायिक विद्यालय सुधारका लागि रूपान्तरण नेपालको अभियान
काठमाडौं –शिक्षालाई सूचना, सञ्चार र प्रविधिसँग जोड्नका लागि जिल्ला विकास समिति दैलेख निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको आर्थिक सहयोगमा रूपान्तरण नेपालले दैलेख जिल्लाका २१ वटा सामुदायिक उच्च माध्यमिक तहका विद्यालयहरूमा वायरलेस इन्टरनेट जडान कार्य सम्पन्न गरेको छ । सोलार जोडिएका र विद्युत लाईन पुगेका दैलेख निर्वाचन क्षेत्र नं १ का १३ वटा उच्च मावि र निर्वाचन क्षेत्र नं २ का ८ वटा उच्च माविहरूमा वायरलेस इन्टरनेट जडान गरिएको हो । त्यस्तै इन्टरनेट जडान गरिएका सम्पूर्ण विद्यालयका कम्प्युटर शिक्षकहरूलाई दैलेख सदरमुकाममा १ हप्ते कम्प्युटर तालिम समेत प्रदान गरी सम्पूर्ण विद्यालयहरूलाई साउण्ड सिस्टम, मिडास इ–क्लासहरू तथा निर्वाचन क्षेत्र नं १ का २ वटा उच्च मावि र निर्वाचन क्षेत्र नं। २ का २ वटा उच्च मावि हरुलाई प्रोजेक्टर प्रदान गर्नुका साथै अनलाईन कक्षा पनि सञ्चालन गरिएको रुपान्तरण नेपालका अध्यक्ष मोहन शाहीले जानकारी दिए । सो परियोजना अगाडि बढाउन निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट दैलेख जिल्ला निर्वाचन क्षेत्र नं १ का सांसद अम्मरबहादुर थापा र निर्वाचन क्षेत्र नं २ का सांसद लक्ष्मीप्रसाद पोखरेलले बजेट विनियोजन गरेका थिए । नेपाली शिक्षालाई देशभित्र मात्र नभई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न तथा सक्षम जनशक्ति उत्पादन गर्ने किसिमले विकास गर्नका लागि सार्वजनिक शिक्षा सुधारका लागि जागरण ल्याउदै शिक्षामा सूचना, सञ्चार तथा प्रविधिको प्रयोगले प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न मद्दत गर्ने हेतुले परियोजना अगाडि बढाईएको शाहीको भनाई छ । ‘ यस परियोजनाका माध्यमबाट इन्टरनेटको प्रयोगले विविध विषय सम्बन्धी विश्वभरी भएका नयाँ नयाँ सूचनाहरू शिक्षक विद्यार्थीहरुले सहजै जानकारी प्राप्त गरी शिक्षालाई बढि भन्दा बढि खोज अनुसन्धानमुलक बनाउन ठूलो टेवा पुर्याउन सकिन्छ भन्ने अपेक्षा गरेका छौं’, संस्थाका शाहीले भने । परियोजनाले सूचना, सञ्चार तथा प्रविधिको माध्यमबाट दैलेख जिल्लाको शिक्षा क्षेत्रको सुधारका लागि ठूलो टेवा विस्वास लिइएको अभियान्ता सूर्य बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
-
मुरारी बापुलाई जनकपुर आश्रममा निमन्त्रणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण