डिडिसीले बेच्ने दूधमा ठगी हुने गरेको पाइयो
सोमबार, १० साउन २०७३, २३ : ३०
काठमाडौँ – दुग्ध विकास संस्थान (डिडिसी) बाट उत्पादित दूधको परिमाणमा ठगी भएको फेला परेको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालयले काठमाडौँले नाप जाँच गर्दा आधा लिटर दूधमा ११० मिलिलिटर दूध घटी भएको फेला परेको हो ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत क्षेत्रीय कार्यालय बालाजुलाई नापजाँचका लागि चिठी पठाएपछि नाप गर्दा उक्त मिलिलिटर कमी फेला परेको हो ।
क्षेत्रीय कार्यालयका प्रमुख शशिभूषण यादवले आधा लिटर दूधमा यतिधेरै मिलिलिटर कमी भएको फेला परेपछि कारबाहीका लागि दुग्ध विकास संस्थान (डिडिसी)लाई पत्राचार गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
-
मुरारी बापुलाई जनकपुर आश्रममा निमन्त्रणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण