बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

एसएलसी पुनःयोगको नतिजा प्रकाशित

सोमबार, १० साउन २०७३, २३ : ३९
सोमबार, १० साउन २०७३
काठमाडौँ –परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको प्रवेशिका परीक्षाको पुनयोगको नतिजा आज प्रकाशन गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीका अनुसार ५०४ परीक्षार्थीका नतिजा परिवर्तन गरिएको छ । करिब चार हजार विद्यार्थीले पुनयोगका लागि निवेदन दिएका थिए । सबभन्दा बढी गणित विषयको लब्धाङ्क परिवर्तन गरिएको छ । उहाँका अनुसार गणितमा १५८, विज्ञानमा ९७, अतिरिक्त गणितमा ७४, अङ्ग्रेजीमा ६३, सामाजिक शिक्षामा ४७ र नेपालीमा ४१ परीक्षार्थीको लब्धाङ्क परिवर्तन गरिएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप