कांग्रेस दाजुलाई हराए एमाले भाइलेः विजयी जुलुस भने एउटै आँगनमा
शुक्रबार, १६ असार २०७४, २३ : ०८
गुल्मी– नेपाली काँग्रेसबाट वडाध्यक्षका उमेदवार यमबहादुर खत्रीलाई एमाले उमेदवार एवं आफ्नै सहोदर भाइ ओभमबहादु खत्री (केसी) ले हराएका छन् ।
भाई जिसीले ११६१ मत ल्याई विजयी भएका हुन । दाजु जिसीले ९२७ मत ल्याएर भाइसँग पराजय भोगेका हुन् । दाजु जिसीले यस अघि नै रगतको नाता र राजनीति सम्वन्ध फरक भएको बताउँदै आएका छन् ।
‘हाम्रो पारिवारिक सम्वन्ध हिजो जे थियो आज पनि उस्तै छ । चुनावी प्रतिष्पर्धामा भाइले जिते पनि मैले जिते पनि विजयी जुलुस हामी एउटै आँगनमासँगै मनाउछौं, यो जित हाम्रो परिवारको जित हो किन कि दुई राजनैतिक दलको रोजाईमा हाम्रो परिवार पर्नु गर्वको विषय हो ।’– दाजु जिसीले भने ।
भाइले पनि पारिवारिक सम्वन्धमा तिक्तता नभएको बताउँदै जितहार पार्टीबीचमा भएको तर दुई भाइबीचमा नभएको प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतः जलेका २० हजार मिसिलमध्ये १८ हजार 'पुनर्जीवित'
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
-
ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन
-
मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित
-
सिद्धिडाँडामा प्रचारप्रसार र पूर्वाधार आवश्यकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण