अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासको जवाफमा उत्तरद्वारा मिसाइल प्रक्षेपण
प्योङयाङ – उत्तर कोरियाले आफ्नो पूर्वी तट छेउबाट पनडुब्बीबाट बलिस्टिक मिसाइल प्रक्षेपण गरेको अमेरिका र दक्षिण कोरियाले दाबी गरेको छ । अमेरिकी अधिकारीहरुका अनुसार सिन्पो नजिकैबाट केएन–११ मिसाइल प्रक्षेपण गरिएको हो । उक्त मिसाइल ५ सय किलोमटर पर पुगेर जापानको समुद्रमा खसेको थियो । जापानका प्रधानमन्त्रीले उक्त मिसाइल जापानको एयर डिफेन्स आइडेन्टिफिकेसन जोन भित्र परेको बताउँदै यसलाई गैरजिम्मेवारपूर्ण कदमको संज्ञा दिएका छन् । उत्तरको यो कदम अमेरिका र दक्षिण कोरियाले वार्षिक सैन्य प्रशिक्षण शुरु गरे लगत्तै आएको छ । यसअघि पनि प्योङयाङ यस्ता प्रशिक्षणबाट रुष्ट हुने गरेको थियो । दुई देशले गर्ने यो प्रशिक्षणमा उत्तर कोरियाले दक्षिणमाथि हमला गरेको स्थितिमा के गर्ने भन्ने बारेमा हुनेगर्छ । यसमा दुई देशका ८० हजार सैनिक भाग लिने गर्छन् । उत्तर कोरियाले भने यसलाई आक्रमणको तयारी बताउँदै परमाणु हमला गर्ने चेतावनी दिने गरेको छ । पछिल्लो मिसाइल प्रक्षेपण जापान, चीन र उत्तर कोरियाका विदेश मन्त्रीहरुको बैठकको समयलाई पारेर पनि लक्षित भएको बिबिसीले जनाएको छ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई बलिस्टिक वा परमाणु हतियार परिक्षण गर्न प्रतिबन्ध लगाए पनि पछिल्लो समय प्योङयाङले नियमित रुपमा यस्तो परिक्षण गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले पुनः स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशङ्का छ : प्रतिवेदन
-
व्यवसायीलाई शङ्काकै भरमा ‘थुन्ने’ प्रवृत्तिको अन्त्य गरी एन्टिसिपेटरी बेलको व्यवस्था गर्न अध्यक्ष अग्रवालको माग
-
प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडै हुन्छ : मुख्यमन्त्री कार्की
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने बालविकास सहजकर्ताविरूद्ध भ्रष्टाचार मुद्दा
-
डेलका सीईओले गरे विश्वविद्यालयलाई ७५० मिलियन डलर दान
-
हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण