डेलका सीईओले गरे विश्वविद्यालयलाई ७५० मिलियन डलर दान
काठमाडाैँ । अमेरिकी प्रविधि कम्पनी डेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल डेलले अस्टिनस्थित युनिभर्सिटी अफ टेक्सासलाई ७५० मिलियन अमेरिकी डलर दान गरेका छन्।
यसलाई हालैका वर्षहरूमा निजी क्षेत्रबाट उच्च शिक्षामा गरिएको सबैभन्दा ठुलो दानमध्ये एक मानिएको छ । माइकल डेलले यसअघि पनि शिक्षा, स्वास्थ्य र बालकल्याणसम्बन्धी विभिन्न परोपकारी कार्यहरूमा ठुलो रकम योगदान गर्दै आएका छन्।
युनिभर्सिटी अफ टेक्सासका अनुसार, यो सहयोग शैक्षिक संस्थाको विकास, अनुसन्धान तथा विद्यार्थी सहायता कार्यक्रमलाई सुदृढ बनाउन प्रयोग गरिनेछ। यसले विश्वविद्यालयको दीर्घकालीन शैक्षिक कार्यक्रम विस्तार, प्रविधि तथा अनुसन्धान क्षमतामा सुधार र छात्रवृत्ति कार्यक्रम विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
डेल स्वयं सन् १९८३ मा युनिभर्सिटी अफ टेक्सासमा चिकित्सा शास्त्र अध्ययनका लागि भर्ना भएका थिए । युनिभर्सिटीमा रहँदै उनले कम्प्युटरका पाटपुर्जा बिक्री वितरण गर्न थालेका थिए। तर, बीचैमा युनिभर्सिटी छोडेर व्यवसायमा लागेर १९८४ मा डेक कम्पनीको सुरुवात गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगल र कङ्गोबिचको रोमाञ्चक खेल बराबरीमा समाप्त
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण