हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री
बुधबार, ०३ असार २०८३, १५ : ५९
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने बताएकी छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले कपडा र धागो उद्योग सञ्चालनका लागि कपासखेतीलाई पनि सँगसँगै लैजाने बताइन्।
“रुग्ण उद्योगका रुपमा रहेका हेटौँडा कपडा उद्योग सबैभन्दा पहिला सञ्चालनमा आउँछ । कपडा र धागो उद्योग तथा कपासखेती एकैसाथ अगाडि बढाउनुपर्छ । यी उद्योग यही वर्ष सञ्चालनमा आउँछन्”, मन्त्री कुमारीले भनिन् । उनले पेट्रोलियम पदार्थमा इथानोल मिसावट गर्ने कार्य अघि बढिसकेको जानकारी दिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण