वन्यजन्तु हाँसेको कहिले देख्नुभएको छ ? यहाँ हेर्नुहोस् रमाइला तस्बिरहरु
शनिबार, ११ भदौ २०७३, १६ : ३६
‘कमेडी वाइल्डलाइफ फोटो अवार्ड – २०१६’ चाँडै नै आयोजना हुने तयारीमा रहेको छ । यसका लागि मानिसहरुले देशका विभिन्न कुनाबाट जनावरका रोचक र रमाइला तस्बिरहरु पठाउने क्रम बढेको छ ।
यस वर्षको सुरुवातमा पठाइएका फोटोमध्ये सबैभन्दा राम्रो फोटो एउटा चितुवाको छ जो केही सामान पाएपछि मज्जाले हाँसेको जस्तो देखिन्छ । यस्तै गरी गोरिल्लाको अचम्मको स्थिती र हास्तीको मुख जमिनतिर पछारिएका तस्बिरहरु पनि उत्कृष्ट छन् ।
निर्णायक मण्डलमा वन्यजन्तु विशेषज्ञसहित कमेडियन ह्युज डेनिस, वन्यजन्तु टेलिभिजन प्रस्तोता केट हम्बल, अफ्रिकाका ल्याण्डस्केप फोटोग्राफर टम सुल्लाम र वाइल्डलाइफ फोटोग्राफर र कमेडी वाइल्डलाइफ अवार्डका संयोजक पल जेयनसन–हिक्स एमबिइ रहेको छन् ।
जज टम सुल्यामले भने, ‘हामीसँगै बाँच्ने वन्यजन्तुको आवश्यकता बुझ्नका लागि यो प्रतिस्पर्धाको आयोजना गरिएको हो । कमेडी हाम्रो जीवनको निकै महत्वपूर्ण पाटो हो । यस्ता थुप्रै अवस्थाहरु हुन्छन् जब घरपालुवा र वन्यजन्तुले मानिसको जस्तै व्यवहार गर्दछ ।’
गत वर्ष अष्ट्रियाको जुलियान र्याडले प्रतिस्पर्धा जितेका थिए । उक्त तस्बिरमा एक ह्याम्स्टर क्यामरातर्फ दौडिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण