मृत्युमाथि विजय प्राप्त गरेकी मनिषा कोइराला यस फिल्ममार्फत बलिउडमा फिर्ता हुँदै
आइतबार, १२ भदौ २०७३, १० : १९
‘सौदागर’, ‘दिल से’, ‘खामोसी’, ‘मन’, जस्ता फिल्मबाट आफ्नो पहिचान बनाएकी नेपाली मूलकी बलिउड नायिका मनिषा कोइराला क्यान्सरसँग लडाइँ जितेपछि ‘डियर माया’ नामक फिल्मबाट बलिउडमा फिर्ता हुँदैछिन् ।
स्रोतका अनुसार उनलाई केही दिन अघि दिल्लीको चिडियाघरमा फिल्मको सुटिङ गरिरहेको देखियो । फिल्म बारे सोध्दा उनले आफूलाई फिल्मको कथाले आकर्षित गरेको बताइन् । यो फिल्म उनले जीवनको अर्को पाटो नभई आफू सधैं बलिउडमा नै रहेको र वर्षमा एउटा फिल्ममा अभिनय गर्ने स्पष्ट पारिन् ।
नायिका कोइरालालाई गर्भाशयको क्यान्सर भएपछि अमेरिकामा शल्यक्रिया गराएकी हुन् । आफ्नो सकारात्मक सोच र इच्छा शक्तिले क्यान्सरबाट बचाएको कोइरालाको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण