फोर्ब्स भन्छः शाहरुख, अक्षय संसारका सबैभन्दा धेरै कमाई गर्ने नायक
आइतबार, १२ भदौ २०७३, १० : ४०
फोर्ब्स म्यागजिनले संसारको सबैभन्दा बढि कमाउने नायक–२०१६ को सूचीमा बलिउडका किंग खान भने चिनिने शाहरुख खान र अक्षय कुमारलाई समावेश गरेको छ । फोर्ब्सद्वारा जारी गरिएको सूची अनुसार रेसलरबाट नायक बनेका ड्वेन जनसन ६४.५ मिलियन डलरको आम्दानीसँगै शीर्ष स्थानमा रहेका छन् । म्यागजिनका अनुसार संसारको सबैभन्दा बढि कमाउने २० नायकको सूचीमा शाहरुख खान ८ औं नम्बरमा छन् भने अक्षय कुमारले आफ्नो १० औं स्थान सुरक्षित गरेका छन् ।
फोर्ब्सका अनुसार शाहरुखको यस वर्षको आम्दानी ३.३० लाख डलर रहेको छ । यही स्थानमा उनीसँग ‘आइरन म्यान’ का डाउनी जुनियर यति नै कमाइका साथ यो स्थान बाँडेका छन् ।
३.१५ करोड डलरको आम्दानीसहित बलिउडका नायक अक्षय कुमार हलिउडका चर्चित ब्राड पिटसँगै १० औं नम्बरमा छन् ।
यसका साथै २.८५ करोड डलर आम्दानीका साथ सलमान खान १४ औं नम्बरमा छन् जबकी २ करोड डलरको कमाईसँगै बलिउडका ‘बीग बी’ अमिताभ बच्चन १८ औं स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण