संसारको सबैभन्दा वृद्ध भएको दाबी गर्ने १४५ वर्षे भन्छन्, ‘मर्न तयार छु, २४ वर्षअघि चिहान बनाइसकें’
आइतबार, १२ भदौ २०७३, १२ : ४४
संसारको सबैभन्दा वृद्ध भएको दाबी गर्ने इन्डोनेसियाका १४५ वर्षे वृद्धाले आफू अब मर्न तयार भएको बताएका छन् ।
इन्डोनेसियाको समाचार एजेन्सी अनुसार बाह गोथो १४५ वर्षका भए । उनको जन्म सन् १८७० डिसेम्बर ३१ तारिखमा भएको थियो ।
डेली मेलका अनुसार उनका १० जना दाजुभाइ, सबैको मृत्यु भइसकेको छ भने उनका चारजना श्रीमतीको पनि मृत्यु भइसकेको छ । उनकी कान्छी श्रीमतीको मृत्यु सन् १९८८ मा भएको थियो ।
यसका साथै उनका सबै सन्तानको पनि मृत्यु भइसकेको छ । उनलाई उनका नाती÷नातिना, पनाती पनातीना, खनाती÷खनातीनाले पाल्दै आएका छन् ।
यदि यो जानकारी सही हो भने उनी संसारको सबैभन्दा वृद्ध मानिन्छन् । संसारका सबैभन्दा वृद्ध व्यक्तिमा १२२ वर्ष बाँच्न सफल फ्रान्सकी महिला जियने काल्मेन्टको पोल्टोमा छ ।
मध्ये जाभाको स्राजेनमा बस्ने यी वृद्ध नागरिकको अन्र्तवार्ता स्थानीय टेलिभिजन लिपुटान सिक्समा प्रसारण गरिएको थियो ।
‘मेरो अन्तिम इच्छा नै मर्नु हो । मेरा नाती नातिना सबै आत्मनिर्भर छन्,’ उनले गत मंगलबार लिपुटान सिक्सलाई बताए ।
हजुरबुवाले आफू १२२ वर्षको हुँदादेखि नै आफ्नो चिहान बनाइसकेको उनका नाती सूर्यान्टोले बताए ।
उनले भने, ‘उनले सन् १९९२ मा चिहान बनाएका थिए जुन २४ वर्षअघि हो ।’
इन्डोनेसियाको रेकर्ड अफिसका अधिकारीहरुले बाह गोथोको इन्डोनेसियाको आइडीकार्डमा जन्ममिती ३१ डिसेम्बर, १८७० भेटेका छन् ।
उनका नाती नातिनाका अनुसार गोथो आजकाल दिनभरी रेडियो सुनेर आफ्नो दिन कटाउने गर्दछन् किनभने आँखाको ज्योती गुमेका कारण उनी केही गर्न सक्दैनन् ।
गत तीन महिनादेखि उनी निकै कमजोर भएका कारण उनलाई चम्चाले खाना खुवाउने र नुहाइदिने काम उनका नाती नातिनाले गर्दै आएका छन् ।
उनी लामो समयसम्म बाँचिरहनुका कारण उनको धैर्यवान् हो, उनका आफन्तले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण