ब्राजिलकी पहिलो महिला राष्ट्रपति डिल्मा रोसेफ पदच्युत
बिहीबार, १६ भदौ २०७३, ०९ : ३०
ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थव्यवस्था भएको ब्राजिलकी पहिलो महिला राष्ट्रपति डिल्मा रोसेफलाई उनको पदबाट हटाइएको छ । आम बजेटमा अवैध गतिविधिको आरोपले घेरिएकी डिल्मा विरुद्ध सिनेटमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।
रोसेफ ब्राजिलकी पहिलो महिला राष्ट्रपति थिइन् । उनीमाथि संघीय बजेटको आफ्नो प्रबन्धनमा बित्तिय कानूनलाई तोडेको आरोप थियो । यो सुनुवाईको अध्यक्षता गर्ने मुख्य न्याधिस रिकाडरे लेवांडोब्सकीका अनुसार ब्राजिलको संघीय गणतन्त्रकी राष्ट्रपति डिल्मा वाना रोसेफले वित्तिय कानूनलाई उल्लंघन गरेर अपराध गरेकी छिन् ।
उनलाई पदबाट हटाउनका लागि ८१ सिनेटरहरुले भोट गरेका थिए भने डिल्माको पक्षमा ६१ भोट परेको थियो ।
यद्यपी जब सिनेटमा डिल्मालाई आठ वर्षसँग चुनाव लड्न अयोग्य बनाउनु पर्छ भन्ने प्रस्ताव परेकोमा अधिकांस सिनेटरहरुले उनलाई साथ दिए । महाअभियोग लगाएर रोसेफलाई अपदस्थ गरिएता पनि उनले आउँदो चुनावमा पुनः राष्ट्रपतिको चुनाव लड्न सक्नेछिन् ।
मिसेल तेमेर ब्राजिलकी नयाँ राष्ट्रपति भएकी छिन् । उनले सन् २०१९ जनवरी १ तारिखसम्म रोसेफको कार्यभार सम्हाल्नेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण