बेइजिङ ओलम्पिकका चार बिजेताको पदक खोसियो
बिहीबार, १६ भदौ २०७३, १० : ०४
बेइजिङ ओलम्पिमा जित्ने चार खेलाडीको पदक खोसिएको छ । डोपिंग स्याम्पल परिक्षणमा सकारात्मक नतिजा आएपछि उनीहरुको पदक खोसिएको हो । चार खेलाडीमध्ये तीन रुसका हुन् भने अर्का अर्मोनियाका हुन् ।
यी चारैजना खेलाडीको सन् २००८ मा लिइएको डोपिंग नमूना पुनः परिक्षण गरिएको थियो जसमा उनीहरुलाई दोषी पाइएको छ । बुधबार उनीहरुको पदक खोसिएको हो । अन्तर्राष्ट्रिय ओलम्पिक सिमितीले उत्कृष्ट प्रविधिको आधारमा जम्मा ४ खेलाडीहरु– एक धावक र तीन भारत्तोलकमाथि प्रतिबन्ध लगाएको छ ।
बेइजिङ र लण्डन ओलम्पिक सन् २०१२ को कूल १ हजार नमूनालाई पुनः परिक्षण गरिएको थियो जसमा ९८ जनाको नतिजा सकारात्मक पाइयो । रुसी धावक तातयाना फिरोवाबाट उनको ४ गुणा ४०० मिटर रिलेको रजत पदक खोसियो । उनीसँगै आर्मेनिया भारत्तोलक टिग्रान मार्टिरोस्यान, नाडेज्डा इभ्सतयुक्हिमा र रसियाका मारिया साइनोभा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण