शाहिद बुवा बनेपछि पूर्व प्रेमिका करिनाले यसो भनेर सबैलाई पारिन् चकित
बिहीबार, १६ भदौ २०७३, १० : ३२
बलिउडका चर्चित अभिनेता शाहिद कपुर र मिरा राजपुत बुवा–आमा बनेपछि उनीहरुलाई बधाइको ओइरो लागेको छ । मिडियाको नजरबाट बच्दै शाहिदले आफ्नी छोरीलाई घर भित्र्याइसकेका छन् ।
छोरी जन्मिएपछि शाहिदलाई उनका प्रशंसक, हितैशी, साथीभाइहरुले बधाइ दिएका छन् । कतिले ट्वीटरमार्फत बधाई दिएका छन् भने कतिले अस्पतालमा गएर र कति भने उनको घरमा नै पुगेका छन् । बधाइ दिने सूचिमा उनकी पूर्व प्रमिका करिना कपुर पनि समावेश भएकी छिन् । स्रोतका अनुसार शाहिद बुवा बनेको खबर पाएपछि करिनाले उनलाई मेसेजमार्फत बधाइ दिएकी छिन् । यता शाहिदले पनि उनलाई ‘धन्यवाद’ भनी जवाफ फर्काए ।
बलिउडमा यस्तो घटना विरलै हुने गर्छ तर करिनाले शाहिदलाई बुवा बनेकोमा बधाई दिएर सबैलाई चकित बनाएकी छिन् ।
शाहिदलगायत उनकी आमा नीलिमा अजीमले पनि सबै प्रशंसकहरुलाई धन्यवाद दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण