पढ्न मनै लाग्दैन ? यस्तो गर्नुस्
बुधबार, ०५ असोज २०७३, ०९ : ३७
पछिल्लो समय बजारमा आएका विभिन्न अध्ययनअनुसार मानिसमा अध्ययनको बानी कम हुँदै गएको तथ्यांक आउन थालेका छन् । मानिसले कम पढिरहेकाले अध्ययन संस्कृति कम भएको तर्क पनि समयसमयमा आउँछन् । तपाईंलाई पनि आफ्नो अध्ययन बानी पहिलेको जस्तो बलियो छैन भन्ने लाग्छ भने यी टिप्सहरूले पुनः त्यो बानी फिर्ता हुन सहयोग गर्न सक्छन् :
निश्चित समय दिनुहोस्
पढ्नका लागि भनेरै दैनिक केही समय छुट्याउने गर्नुहोस् । यो १० मिनेटको समय पनि हुनसक्छ वा एक घन्टाको पनि । तर, नियमित रूपमा एउटै रुटिन फलो गर्नुहोस् । बिस्तारै दैनिक एक घन्टा पढ्न थाल्नुहोस्, त्यसपछि त आफैँ अध्ययन गर्ने बानी बनिहाल्छ ।
किताबहरू बोक्नुहोस्
त्यसो त पढ्न ट्याब वा अन्य ई–रिडरमा पनि सकिन्छ । तर, सबैभन्दा राम्रो काम भनेको आफूसँग किताब बोक्नु हो । झोलामा किताब लिएर हिँड्नुभयो भने समय हुनेबित्तिकै पढ्न सकिन्छ । कहाँ पढ्ने भन्ने चिन्ता नलिनुहोस्, जहाँ पनि पढ्दा हुन्छ ।
सामाजिक सञ्जाल बन्द गर्नुहोस्
केही वर्षयता मानिसमा जतिवेलै सामाजिक सञ्जाल– ट्विटर, फेसबुकमा ध्यान दिने बानी विकास भएको छ । तर, आफूलाई यस्ता सञ्जालबाट केही पर राखेर पढ्न थाले मात्र ध्यान दिएर पढ्न सकिन्छ । त्यसैले, ध्यान दिएर पढ्नका लागि सामाजिक सञ्जाल तथा टिभीबाट टाढा रहनुहोस् ।
हल्का पढ्नुहोस्, लाइब्रेरी जानुहोस्
आफूलाई मन पर्ने विधाबाट किताब पढ्न थाल्नुहोस् । आख्यान पढ्दा पनि हुन्छ वा गैरआख्यान पढ्दा पनि हुन्छ । तर, पहिले आफूलाई के र कस्तो विषय पढ्न मन लागेको छ भन्ने निश्चित गर्नुहोस् । त्यसपछि लाइब्रेरी जान थाल्नुहोस् । लाइब्रेरी जाने बानी विकास भएमा वरपर किताब देख्दा पढ्न झन् धेरै मन लाग्न सक्छ ।
नयाँ पत्रिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको आदेशपछि कसरी अघि बढ्ला सम्पत्ति छानबिन आयोग ?
-
कतारका पूर्वराजा थानीको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
-
त्रासमा महानगर प्रहरी, सडकमा निस्कन नसक्दा सहर अस्तव्यस्त
-
मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट सञ्चालनमा, राष्ट्रिय प्रसारण प्रणाली थप सुदृढ
-
कुवेत र इराकका नेपालीलाई सतर्क रहन राजदूतावासको आग्रह
-
चितवनमा होटल सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण