खानाबार : नेवारी खानाका पारखीका लागि हाइल्यान्ड फुड रेस्टुरेन्ट
काठमाडौँ– सबैको मन लोभ्याउने खाना मध्येमा नेवारी खाना पर्दछ । नेवारहरुको विशेष परिकारले नेवारका अतिरिक्त गैरनेवार नेपालीदेखि विदेशीहरुको मनसमेत लोभ्याउने गरेको छ । त्यसमाथि उनीहरुको खाना बनाउने शैली र एउटै चीजलाई विभिन्न सजावटमा पस्किने शैलीले यी परिकारहरु देश विदेशमा समेत प्रसिद्धि कमाएका छन् ।
अहिले विभिन्न देशमा नेवारी खाजा घर र नेवारी रेस्टुरेन्ट खोल्ने क्रम पनि बढेको छ । काठमाडौँको लाजिम्पाट चोकबाट केही मिटर दूरीमा रहेको हाइल्यान्ड फुड रेस्टुरेन्ट नेवारी खानाका पारखीका लागि राम्रो गन्तव्य बनेको छ ।
गत हप्ता मात्र यस रेस्टुरेन्टको उद्घाटन छक्का पञ्जाकी निर्देशिका दिपाश्री निरौला, चलचित्र निर्देशिकाकी अध्यक्ष र चलचित्र बिजुली मेसिनको टिमले रिबन काटेर गरेको थियो । करिब एक करोड पैँसठ्ठी लाखको लगानीमा खोलिएको यस रेस्टुरेन्टकी सञ्चालिका रबिना श्रेष्ठ हुन् ।
आफ्नो पुरख्र्यौली व्यवसाय पस्मिना भए पनि रबिनालाई अरुलाई खाना पकाएर खुवाउँदा खुशी लाग्छ । उनी भन्छिन्– ‘म आफू पनि मीठो नै बनाउँछु र घरमा नयाँनयाँ परिकारहरु बनाउन ट्राई गरिरहन्छु, साथै आफूलाई आफ्नो संस्कृतिप्रति निकै गर्व लाग्छ ।
३०० वर्षभन्दा पुरानो संस्कृतिलाई अझै चिनाउन चाहन्छु, त्यही मनसायले मैले आफ्नै घरमा रेस्टुरेन्ट खोलेकी हुँ ।’ यहाँ सम्पूर्ण नेवारी खानाको स्वाद लिन पाइन्छ । साथै नेवारी सामूहिक भोज पनि महिनाको एक चोटि आयोजना गरिने भएको छ ।
यो रेस्टुरेन्ट बिहान १० बजेदेखि बेलुका ९ बजेसम्म खुल्ने गर्दछ । यहाँ जम्मा २२ जना स्टफहरु रहेका छन् भने पर्किङको अत्यन्तै राम्रो सुविधा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'सय दिनमै युवाले आत्मदाह गर्नुपर्ने सरकारको कस्तो उपलब्धि हो ?'
-
पोखरामा नोम्याड्स बेसक्याम्प फेस्टिभल हुने
-
सर्वोच्चको आदेशपछि कसरी अघि बढ्ला सम्पत्ति छानबिन आयोग ?
-
कतारका पूर्वराजा थानीको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
-
त्रासमा महानगर प्रहरी, सडकमा निस्कन नसक्दा सहर अस्तव्यस्त
-
मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट सञ्चालनमा, राष्ट्रिय प्रसारण प्रणाली थप सुदृढ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण