कतै तपाईं प्लाष्टिकको चामल खाइरहनुभएको छैन ? यसरी थाहा पाउनुहोस् भिन्नता
नेपालमा आजकाल मिसावटयुक्त खाद्य पदार्थको बिक्रि सामान्य बनेको छ । हामीले दैनिक जसो खरिद गर्ने साग सब्जी, मिठाई, दुधलगायतका धेरैजसो खाद्यवस्तुमा मिसावट पाइन्छ । यस्ता मिसावटयुक्त खाद्यवस्तुमा हामीले बिहान बेलुकी नै खाने चामल पनि पर्दछ भन्दा तपाईंलाई अचम्म लागेको होला । हो, आजकाल बजारमा पाइने चामलमा प्लाष्टिकको चामल पनि समावेश छन् । चीनमा बनाइने यो चामललाई पकाएपछि यो प्लाष्टिकको चामल हो भनेर विश्वास नै गर्न सकिन्न । छिमेकी राष्ट्र चीनमा बन्ने यस्तो चामल नेपालसम्म पनि आएको हुनसक्छ । त्यसकारण आज हामी तपाईंलाई प्लाष्टिकको चामल चिन्ने तरिका बारे बताउँदै छौं ।
१. प्लाष्टिकको चामल कसरी बनाइन्छ ? यो चामल बनाउनका लागि आलू, शख्खर खण्डार प्लाष्टिकको प्रयोग गरिन्छ । प्लाष्टिकको प्रयोग चामलको आकार दिनका लागि प्रयोग गरिन्छ ।
२. यो प्लाष्टिक जस्तै बल्दछः प्लाष्टिक चामल बनाइसकेपछि पनि निकै कडा हुन्छ । यो चामलबाट निस्कने पानी पनि निकै गाढा र प्लाष्टिक जस्तो हुन्छ । यदि तपाईंले यो चामलको माडलाई सुकाउनुभयो भने यसलाई प्लाष्टिकजस्तै जलाउन सकिन्छ ।
३. यो चामल पोलिथिन ब्यागजस्तै हुन्छः प्लाष्टिक चामलको ३ कचौरा एउटा ठूलो पोलिथिन ब्यागजस्तै हुन्छ । यो चामल न त पच्छ, न नै उत्सर्जित हुन्छ ।
४. यो क्यान्सरको कारण बन्न सक्छः प्लाष्टिकको चामलको सेवनले यसको सिधा असर पेटमा पर्दछ र हामीलाई पेटसम्बन्धि रोग लाग्न सक्छ । यसको दैनिक सेवनले क्यान्सरजस्तो भयानक रोगसमेत लाग्नसक्छ ।
५. यसको पहिचान कसरी गर्नेः यदि तपाईं वास्तविक चामल र प्लाष्टिकको चामलको तुलना गर्नुहुन्छ भने तपाईंले यी दुईबिचको भिन्नता राम्रैसँग देख्न सक्नुहुन्छ । प्लाष्टिकको चामल निकै चम्किलो हुन्छ भने यसको तौल हल्का हुन्छ । यसलाई निकै राम्रो आकार दिइएको हुन्छ । यसका साथै, यो पाक्नलाई निकै समय लाग्छ ।
६. प्लाष्टिक चामललाई चिन्ने ‘ट्रिक’: जब तपाईंले यो चामललाई भिजाउनुहुन्छ, तब यसको दानालाई ध्यान दिनुहोस् । प्लाष्टिकको चामल कहिले पनि तैरिदैन । वास्तविक चामल भने पानीमा तैरन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा नोम्याड्स बेसक्याम्प फेस्टिभल हुने
-
सर्वोच्चको आदेशपछि कसरी अघि बढ्ला सम्पत्ति छानबिन आयोग ?
-
कतारका पूर्वराजा थानीको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
-
त्रासमा महानगर प्रहरी, सडकमा निस्कन नसक्दा सहर अस्तव्यस्त
-
मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट सञ्चालनमा, राष्ट्रिय प्रसारण प्रणाली थप सुदृढ
-
कुवेत र इराकका नेपालीलाई सतर्क रहन राजदूतावासको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण