प्रदेशको मुख्यमन्त्री र सभामुखमा यसरी मिलायो एमाले–माओवादीले भागबन्डा
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलले प्रदेशसभाको मुख्यमन्त्री र सभामुखमा भागबण्डा सहमति गरेको छ ।
आइतबार बसेको कार्यदलको बैठकले बामगठबन्धनको बहुमत रहेको ६ वटा प्रदेशमध्ये ४ वटा प्रदेशमा एमालेको मुख्यमन्त्री तथा दुईवटामा माओवादीको मुख्यमन्त्री बनाउने सहमति गरेको हो ।
बैठकले १, ३, ४ र ५ नम्बर प्रदेशमा एमालेलाई मुख्यमन्त्री दिने निर्णय गरेको छ भने ६ र ७ नम्बर प्रदेशमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने निर्णय गरेको छ ।
त्यस्तै १, ३, ६ र ७ नम्बर प्रदेशको सभामुख पद एमालेले पाउने भएको छ भने ती प्रदेशको उपसभामुख माओवादी केन्द्रले पाउने भएको छ ।
त्यस्तै ४ र ५ को सभामुख माओवादी केन्द्रले पाउने भएको छ भने उपसभामुख एमालेले पाउने निर्णय गरिएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए ।
बैठकले प्रदेशमा सातदेखि एघार जनाको मन्त्रिमण्डल बनाउने निर्णय पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण