आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

कस्तो जारको पानी राम्रो ?

सोमबार, ०१ कात्तिक २०७३, १३ : २८
सोमबार, ०१ कात्तिक २०७३
जारको पानी पिउनु काठमाडौं उपत्यकालगायतका सहरी उपभोक्ताको बाध्यता हो । काठमाडौंमा मात्र दुई सय ५० जति उद्योगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त गरी उद्योग सञ्चालन गरिरहेका छन् । विभागले विभिन्न समयमा त्यस्ता उद्योगमा अनुगमन गरेर क्वालिटी कन्ट्रोल पनि गरिरहेको छ । यसले उपभोक्ताले पिउने पानी उत्पादनको गुणस्तरमा धेरै सुधार आएको छ । तर, कतिपय उद्योगले विभागमा दर्ता नै नगरीकन वा नवीकरण नगरी उद्योग चलाइरहेको पनि हामीले पाएका छौँ । त्यस्ता उद्योगबाट उत्पादन गरिएको पानीको गुणस्तरमा शंका गर्नुपर्ने हुन्छ । यसले मानवीय स्वास्थ्यमा गम्भीर असर पनि पुर्‍याउन सक्छ । उपभोक्ताले जारको पानी प्रयोग गर्दा यस्ता विषयमा ध्यान दिन सके स्वास्थ्यमा फाइदा हुन्छः जारको पानी खरिद गर्दा सबैभन्दा पहिला पानी भरिएको जारको अवस्था हेर्नुपर्ने हुन्छ । प्लास्टिकको जार कुच्चिएको, फुटेको, पुरानो भएर धुलोमैलो लागेको, जारको भित्री भागमा लेउ लागेकोजस्तो समस्या देखिएमा त्यस्तो जारको पानी प्रयोग नगर्ने । बिक्रेताले पनि अनुज्ञापत्र वा नवीकरण गरेको फोटोकपी सबैले देख्ने स्थानमा झुन्ड्याउनुपर्छ । यसले ग्राहकमा राम्रो पानी प्रयोग गरिरहेको सकारात्मक सन्देश जान्छ । यस विषयमा ग्राहकले पनि सजगता अपनाउनुपर्छ । जारको टाउकोमा लगाइएको क्यापमा अनुज्ञापत्र लिएको छ-छैन हेर्नुपर्छ । डिएफसिक्युसी (डिपार्टमेन्ट अफ फुड टेक्नोलोजी एन्ड क्वालिटी कन्ट्रोल नम्बर) पनि हेर्नुपर्छ । यस्तो नम्बर भएको उत्पादन खाद्य प्रविधिको नियमनमा छ भन्ने बुझ्नुपर्छ । क्यापमा लगाइएको लेबलमा ब्रान्ड नेम, उत्पादन मिति, उपभोग मिति, कम्पनीको सही स्थान वा फोन नम्बर छ-छैन हेर्नुपर्छ । जारको क्यापमा स्रिङ्क र्‍याप भएको हुनुपर्छ । बाहिरबाट मेसिनद्वारा प्लास्टिकले लेमिनेसनजस्तै गरिएको यस्तो र्‍यापले गुणस्तरीय उत्पादनमा जोड दिन्छ । यस्तो र्‍याप नभएको जार खरिद नगर्ने । बिक्रेतालाई पनि सो विषयमा सजग गराउनुपर्छ । जारमा मिनरल वाटर लेखेको भएमा त्यो गलत हो । यस्तो लेखिएको जारमा शंका गर्नुपर्ने हुन्छ । विभागले प्रोसेस ड्रिंकिङ वाटरका लागि मात्र सबै कम्पनीलाई स्वीकृति दिएको छ । सबै बोटलमा यही लेखिएको हुनुपर्छ । जारमा भरिएको पानी उपभोग गर्ने समय तीन महिनादेखि ६ महिनासम्म हुन्छ । यसमा विशेष ख्याल राख्नुपर्छ । नयाँ पत्रिका  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप