थाहा पाउनुहोस्, होचीलाई सुहाउँदैन यस्ता लुक्स
शुक्रबार, ०५ कात्तिक २०७३, १२ : ५३
होचो कदको हुँदैमा नराम्री देखिने र अग्ली हुँदैमा राम्री देखिने भन्ने हुँदैन । सुन्दरता त व्यक्तिले आफ्नो शारीरिक अवस्थाअनुसार गर्ने गेटअपले झल्काउँछ । शरीरअनुसार गेटअप गर्न नजाने हाइट राम्रै भए पनि लुक्स नराम्रो देखिन सक्छ । तर, होचै कद भएकाले पनि पूरा गेटअप मिलाउन सके आकर्षक लुक्स आउँछ । कस्तो ड्रेस लगाउने ? ब्याग र जुत्ता कस्तो रोज्ने भन्ने सवालमा तुलनात्मक रूपमा अग्लीभन्दा होचीले नै बढी ध्यान भने दिनुपर्ने हुन्छ । फेसन डिजाइनर नवीना महर्जनले होचीलाई नसुहाउने केही लुक्सबारे जानकारी दिएकी छिन् :
सर्ट ड्रेस
होचीले सर्ट ड्रेस (छोटा कपडा) लगाउनु भनेको लुक्स बिगार्नु नै हो । होचो शरीरमा धेरै छोटा कपडा पहिरिँदा कद झनै होचो देखाउँछ । त्यसैले होचीले सर्ट ड्रेसमा आँखा नलोभ्याएकै राम्रो हुन्छ ।
होरिजेन्टल प्रिन्ट
होचीले होरिजेन्टल प्रिन्ट (तेर्सा) धर्का भएका सर्ट, टिसर्ट, टपलगायत ड्रेस नरोज्नु राम्रो हुन्छ । यस्तो ड्रेसले होचीलाई झनै होची देखाउँछ ।
वाइड लेग्ड पाइन्ट
बजारमा विभिन्न डिजाइनका वाइड लेग्ड पाइन्ट (गोडातिर फेरो फराकिलो भएको) फेसनमा छन् । टपसँग प्लाजो पाइन्टको कम्बिनेसन आजकाल खुबै चलेको छ । तर, होचीलाई वाइड लेग्ड पाइन्ट उपयुक्त हुँदैन । यस्तो पाइन्टमा कद झनै
होची देखिन्छ ।
ओभर साइज ब्याग
होचीलाई तुलनात्मक रूपमा सानोभन्दा ठूलै ब्यागले राम्रो देखाउँछ । तर, धेरै नै ठूलो (ओभर साइज) ब्यागले भने आकर्षक लुक्स दिँदैन ।
एंकल स्ट्रेप हिल
अग्ला महिलाको गोडामा एंकल स्ट्रेप हिल निकै सुन्दर देखिन्छ । तर, होचीलाई भने एंकल स्ट्रेप हिल सुहाउँदैन । यसले लुक्स नै बिगार्छ । त्यसैले अग्लीको सौन्दर्यमा लोभिएर यस्तो हिलले लुक्स बिगार्ने गल्ती गर्नु हुँदैन ।
मिड काल्फ बुट
जाडो लागेसँगै मिड काल्फ बुटको फेसन सुरु हुन थाल्छ । जाडोमा अधिकांश युवतीले मिड काल्फ बुटलाई न्यानो र फेसनका रूपमा प्रयोग गर्छन् । तर, होचीले मिड काल्फ बुट नलगाउनु नै उत्तम हुन्छ । यो बुटले होचीलाई झनै होची देखाउँछ ।
नयाँ पत्रिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह
-
भारतबाट कारमा लुकाएर ल्याइएको ३२९ ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ
-
नाटक ‘सेतो धरती’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले के भनिन् ?
-
अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली
-
ओमानमा पनि ड्रोन आक्रमण
-
हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण