बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

कपडा किन्नुभन्दा पहिले के कुरामा ध्यान दिने ?

बिहीबार, १८ माघ २०७४, १५ : २२
बिहीबार, १८ माघ २०७४

तपाईंले जे पहिरिनुहुन्छ त्यसले तपाईंको व्यक्तित्व झल्काउँछ । तपाईंले गरेको ड्रेसअपले तपाईंको मुड र आत्मविश्वासमा पनि प्रत्यक्ष असर पुर्‍याइरहेको हुन्छ । विज्ञानले नै कपडासँग सम्बन्धित रहेर केही तथ्यहरू सार्वजनिक गरेको छ, जुन निकै रोचक छन् । त्यसैले कपडा किन्नुभन्दा पहिले यी कुरामा ध्यान दिन आवश्यक छ :

०  काम गर्नका लागि निश्चित कपडा पहिरिँदा तपाईंलाई उत्प्रेरणा मिल्छ । यदि तपाईं फिटनेस सेन्टर वा एक्सरसाइजका लागि जाँदै हुनुहुन्छ भने वर्कआउटमा लगाउने कपडाभन्दा फरक ड्रेसअप गर्नुस् । र, नियमित त्यही कपडाको प्रयोग गर्नुस् । प्रायः फिटनेसका लागि हल्का र स्पोर्टी खालका कपडा पहिरिनु राम्रो हुन्छ ।

०  एक अध्ययनले देखाएको छ कि जुन मानिस रातो कपडामा हुन्छ उसले बढी तौल उठाउन सक्छ । यस्तो अध्ययन २००४ को ओलम्पिकमा भएको थियो । त्यतिवेला जजसले रातो कपडा पहिरिएका थिए उनीहरूले नै बढी इभेन्ट जितेका थिए ।

०  जर्नल अफ फेसन मार्केटिङ एन्ड मेनेजमेन्टमा छापिएको एक अध्ययनले भनेको छ कि मानिसले कपडाका माध्यमबाट मूल्यांकन गर्न सुरु गर्छ । त्यसैले तपाईंको फस्र्ट इम्प्रेसन कस्तो हुन्छ भन्नेमा तपाईंले पहिरिएको कपडा पनि जिम्मेवार बन्छ । फर्स्ट इम्प्रेसन गज्जब दिन चाहनुहुन्छ भने ड्रेसअपमा पनि उत्तिकै ध्यान दिनुस्, जति अरू सम्बन्धित विषयमा दिनुहुन्छ ।

०   ड्रेसअपमा फर्मल बिजनेस सुटको पनि महत्वपूर्ण भूमिका भएको अध्ययनले देखाएको छ । यस्तो ड्रेसअपले तपाईंको आत्मविश्वास बढाउँछ । बिजनेस सुट पहिरिँदा आफूलाई बलियो महसुस गर्नुहुन्छ र निकै छिटो निर्णय लिनुका साथै क्रिएटिभ पनि बन्न सक्नुहुन्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप