अवरोध हटाउन २७७ वटा उपकरण तयारी अवस्थामा छन् : विभाग
सारांश
- सडक विभागले मनसुनको समयमा बाढीपहिरोबाट सडक अवरुद्ध हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै देशभर २७७ वटा उपकरण तयारी अवस्थामा राखेको छ।
- विभागले पहिरोको जोखिमयुक्त क्षेत्रमा सडक अवरोध हटाउन १२३ वटा र निर्माण साइडमा १५४ वटा उपकरण तयारी अवस्थामा राखेको छ।
- विभागका प्रवक्ताका अनुसार, मनसुनजन्य विपद्बाट सडकमा हुने अवरोध हटाउन जोखिमयुक्त क्षेत्रमा उपकरण तैनाथ गरिएको छ र आवश्यक काम बाहेक यात्रा नगर्न अनुरोध गरिएको छ।
काठमाडौँ । मनसुनका बेला बाढी पहिरोले सडक अवरुद्ध हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सडक विभागले देशभर २७७ वटा उपकरणहरू तयारी अवस्थामा राखेको छ । विभाग अन्तर्गतका कार्यालयहरूमा ब्याकहोलोडर, डोजर ट्र्याक, एक्स्काभेटर ह्वीलोडर, क्रेन, टिपर ट्रक लगायत २४ किसिमका उपकरण तयारी अवस्थामा राखिएको विभागका प्रवक्ता प्रभातकुमार झाले जानकारी दिए ।
उनका अनुसार यसमध्ये पहिरोको जोखिम भएको साइड अवरोध हटाउनकै लागि १२३ वटा र निर्माण साइडमा भएका १५४ वटा उपकरण मनसुनका कारण हुने सडक अवरोध हटाउन तयारी अवस्थामा रहेको छ ।
‘हामीसँग २७७ वटा उपकरण जोखिमयुक्त क्षेत्रमा मर्मतका लागि तयारी अवस्थामा छन्,’ झाले भने, ‘मनसुनजन्य विपदबाट सडकमा हुने अवरोध तत्काल हटाउन जोखिमयुक्त क्षेत्रमा राखेका छौँ ।’
विभागले जोखिमयुक्त ठाउँमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सडक अवरोध भए मातहतका कार्यालयमा खबर गर्न अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण