'हाउसफुल ५'लाई लगानी उठाउन सकस
सारांश
- अक्षय कुमार अभिनित फिल्म हाउसफुल ५ ले आफ्नो बजेट समेत निकाल्न नसक्ने देखिएको छ। फिल्मको कमाई लगातार घट्दै गइरहेको छ।
- फिल्मले रिलिजको १३औं दिनमा ३ करोड भारु मात्रै कमायो, जबकि पहिलो दिन २४ करोड कमाएको थियो।
- फिल्मको बजेट २२५ करोड भारु रहेको छ र हालसम्म १६५ करोड २५ लाख भारु मात्रै कमाएको छ।
नयाँ दिल्ली । बलिउड अभिनेता अक्षय कुमारको हाउसफुल ५ ले आफ्नो बजेट समेत निकाल्न नसक्ने देखिएको छ । फिल्मको कमाई लगातार घट्दै गइरहेको छ । अक्षय कुमार, अभिषेक बच्चन र रितेश देशमुख अभिनित फिल्म हाउसफुल ५ धूमधामका साथ रिलिज भएको थियो । फिल्मबाट अक्षयका फ्यानले धेरै अपेक्षा गरेका थिए ।
तर यी सबै आशा चकनाचुर भए जस्तो देखिएको छ । रिलिज भएको १३ औं दिनमा फिल्मको कमाइमा भारी गिरावट आएको छ । बुधबार फिल्मले बक्स अफिसमा ३ करोड भारु मात्रै कमाएको छ । मंगलबार फिल्मले ४ करोड २५ लाख भारु कमाएको थियो । यसअघि सोमबार फिल्मको कमाई ३ करोड ७५ लाख थियो । अहिलेसम्म फिल्मले १६५ करोड २५ लाख भारु मात्रै कमाएको छ ।
पहिलो दिन २४ करोड रुपैयाँ कमाएको यो फिल्मले पहिलो हप्तामा १२७ करोड २५ लाख भारु कमायो । फिल्मले पहिलो आइतबार सबैभन्दा धेरै ३२ करोड ५० लाख भारु कलेक्सन गरेको थियो ।
फिल्मको बजेट २२५ करोड भारु रहेको बताइएको छ । फिल्मको कलेक्सन जुन गतिले अघि बढिरहेको छ यसलाई हेर्दा फिल्मले लगानी नउठाईकन हलबाट बाहिरिने स्थिति देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण