सातै प्रदेशमा रास्वपाले महाधिवेशन केन्द्रीत संगठन अभियान चलाउने
बिहीबार, ०५ असार २०८२, ११ : ३१

समाचार सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असार ७ गते केन्द्रीय समिति बैठक बोलाएको छ।
- सचिवालय बैठकले पार्टी स्थापना दिवसकै दिन बैठक बोलाउने निर्णय गरेको हो ।
- पार्टीले आगामी फागुनमा महाधिवेशन गर्ने तय गरेको छ र त्यसका लागि सातै प्रदेशमा संगठन अभियान चलाउनेछ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ ।
बुधबार बसेको सो पार्टीको सचिवालयको बैठकले पार्टी स्थापना दिवसकै दिन असार ७ गते विहान नौ बजे पार्टी कार्यालयमा बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको हो ।
त्यस्तै रास्वपाले पार्टीको पहिलो महाधिवेशन सफल पार्न सातै प्रदेशमा महाधिवेशन केन्द्रित संगठन अभियान चलाउने निर्णय पनि गरेको छ । सो पार्टीको महाधिवेशन आगामी फागुनमा गर्ने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषध र २ लाख नगद सहित युवती पक्राउ
-
कर्णालीमा प्रतिपक्षले बजेटलाई किन मान्यो ‘अवैध’ ?
-
पहिला खेल मैदानमा पसिना बगाए, अहिले खेलकुद हाँक्ने जिम्मा पाए
-
सर्वोच्चले एनआरएनएको १० औँ महाधिवेशन रद्द गर्ने आफ्नै फैसला पुनरवलोकन गर्ने
-
'टेक एण्ड पे' पीपीए संशोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्यो आन्दोलन
-
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वकार्यकारी निर्देशक ठाकुरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा