शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जाडोमा अनुहार तथा छालालाई कसरी राम्रो बनाउने ? जान्नुहोस्, ब्युटिसियनका टिप्स

मङ्गलबार, १४ मङ्सिर २०७३, १२ : १४
मङ्गलबार, १४ मङ्सिर २०७३
चिसो समय छालाका लागि अति नै खराब समय हो । चिसो मौसममा छाला फुस्रो हुने, फुट्ने, एलर्जी हुने समस्या बढी हुन्छ । यस्ता समस्याबाट बच्नका लागि बजारमा पाइने मस्चराइजिङ् क्रिम वा विभिन्न खालको औषधि तथा सौन्दर्य प्रसाधनको प्रयोग गरिन्छ । कतै यस्ता प्रसाधनले छालालाई अझ कुरुप त बनाएको छैन ? छालालाई सन्तुलनमा राख्ने सम्बन्धमा ब्युटिसियन इन्दु आचार्यका सुझाव यस्ता छन् : कसैको छाला सुख्खा हुन्छ भने कसैको चिल्लो । जाडो मौसममा सुख्खा छालामा बढी समस्या आउँछ । मौसममा आउने परिवर्तन र बिहान बेलुकाको चिसो हावाले वातावरणलाई नै सुख्खा बनाएको हुन्छ । यसको प्रत्यक्ष असर हाम्रो छालामा पर्छ । जाडोमा छालामा देखिने समस्याः –छाला फुस्रो वा सुख्खा हुने । –छाला फुट्ने । –अनुहारमा चाया, पोतो देखापर्ने । –छाला चाउरी पर्ने । –छालामा एलर्जी हुने । छालालाई कसरी सन्तुलनमा राख्नेः –छालालाई सम्भव भएसम्म चिसोबाट जोगाउने । – बढी चिसो वा तातो पानी प्रयोग नगर्ने । मनतातो पानीको प्रयोग गर्दा छालालाई सुख्खा हुनबाट बचाउन र सौन्दर्य कायम राख्न सहयोग पुग्छ । –शरीरमा तापक्रम बढाउन घिउ वा तेलमा तारेको खाने कुरा नखाने । –चिसोबाट बच्न छाला ढाक्ने गरी उनीको कपडा लगाउँदा धेरैमा एलर्जीको समस्या आउन सक्छ । त्यसकारण भित्रबाट नरम कटनको कपडा लगाएर मात्र उनीको कपडा लगाउने । –छाला फुट्नबाट जोगाउन बजारमा उपलब्ध मस्चराइजिङ् क्रिम तथा औषधिको प्रयोग गर्दा सचेत हुने । छाला फुटे वा चाउरी परेमा यसो गर्ने : – छालाको प्रकृति हेरी दिनमा ४–४ घण्टामा सफा पानीले धुने र फुस्रो छाला हुनेले ४ पटक आयुर्वेदिक मस्चराइजिङ क्रिमको प्रयो गर्नु राम्रो हुन्छ । – छाला धेरै सुख्खा छ भने ग्लिसिरिनमा कागती मिसाएर लगाउने । –प्रत्येक दिन छाला सफा गरेर बदाम तेल लगाउनु धेरै राम्रो हुन्छ । –पानी बढी पिउँने । जसले छालालाई कडा हुनबाट केही हदसम्म बचाउँछ । –दूध, दही र मौसमअनुसारका फलफूल बदाम, सुन्तला, स्याउ, स्टबेरी लगायत र हरियो सागपात बढी खानुपर्छ । अनुहार तथा छालामा सौन्दर्य बढाउन घरेलु उपचार यसरी गर्ने सकिन्छ : –सुन्तलाको रस, बदामको धुलो र गाँजरको जुस मिसाएर अनुहारमा २० मिनेट लगाएर राखे छालामा चमक आउनुका साथै सुख्खापन र दाग हट्छ । – तिलको तेल र बेसनको पिठो मिसाएर छाला धुँदा राम्रो हुन्छ । –मेवाको गुदी नियमित रुपमा १०–१५ मिनेट लगाएर सफा पानीले पखाल्दा छालाका मृत्यकोष हटाउनका साथै छाला चम्किलो देखिन्छ । –केरा र मह मिसाएर लगाई २० मिनेट राख्यो भने छाला राम्रो हुने र चाउरीपन हटाउन सहयोग पुग्छ । –अनुहार तथा छालामा प्रयोग गर्ने साबुन वा फेसवास गुणस्तरीय हुन पर्छ । साथै तौलिया सफा र नरम हुनुपर्छ । दुलही, दुलाहा हुँदा वा विशेष परिस्थितिमा बढी मेकअप गर्नुपर्ने हुन्छ । यस अवस्थामा छालालाई १५–२० दिन अगाडिदेखि नै छाला रोगविशेषज्ञ वा ब्युटिसियनहरुको सल्लाहा अनुसार सफा र क्लिनजिङ गरी तयार राख्नुपर्छ । र यस्तो अवस्थामा बढी केमिकलयुक्त क्रिमको प्रयोग गर्नुको सट्टा हर्बलको सौन्दर्य प्रसाधनका सामग्रीको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

आयुर्वेदिक उपचार : यसकारण महत्वपूर्ण छ, तपाईं–हाम्रो जीवनमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप