शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
संसद्

प्रतिनिधि सभा बैठक असार ३० गतेसम्मका लागि स्थगित

शुक्रबार, २६ असार २०८३, २२ : ०८
शुक्रबार, २६ असार २०८३

सारांश

  • प्रतिनिधि सभाको बैठक असार ३० गतेसम्मका लागि स्थगित गरिएको छ।
  • सभामुख डोलप्रसाद अर्यालले बैठक असार ३० गते बिहान ११ बजे बस्ने गरी स्थगित गरेका हुन्।
  • आजको बैठकले राष्ट्रिय सेवा दल विधेयक २०८३ विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ।

काठमाडौँ । प्रतिनिधि सभाको बैठक असार ३० गतेसम्मका लागि स्थगित भएको छ।

सभामुख डोलप्रसाद अर्यालले बैठक असार ३० गते बिहान ११ बजे बस्ने गरी स्थगित गरेका हुन् ।

शुक्रबार सिंहदरबारस्थित संसद् भवनमा बसेको बैठकमा विभिन्न निकायका वार्षिक प्रतिवेदन पेस भएका थिए।

त्यस्तै आजको बैठकले राष्ट्रिय सेवा दल विधेयक २०८३ विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप