गायिका मीरा र ज्ञानुलाई नारायण गोपाल सम्मान

काठमाडौँ - नारायण गोपाल सङ्गीत कोषले यसवर्ष गायिकाद्वय मीरा राणा र ज्ञानु राणालाई ‘नारायण गोपाल स्मृति सम्मान’ प्रदान गर्ने भएको छ ।
उक्त सम्मानस्वरुप नगद रु २५/२५ हजार तथा दोसल्लासहित कदरपत्र प्रदान गरिनेछ । महाराजगन्जस्थित नारायण गोपाल बस्दै आएको घरमा यही मङ्सिर १९ गते स्मृति दिवसको अवसर पारेर विशेष कार्यक्रम गरी सम्मान प्रदान गरिनेछ ।
गायिका ज्ञानु र मीराले नेपाली गीत तथा सङ्गीत क्षेत्रको विकासमा योगदान गरेकाले सो सम्मान दिन लागिएको कोषका महासचिव उषा शेरचनले जानकारी दिइन् । गायिकाद्वयले नारायण गोपालसँग समेत युगल गीत गाएका छन् ।
नारायण गोपालको विसं २०४७ मङ्सिर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो । नारायण गोपालको निधनपछि नेपाली सुगम गीतसङ्गीतको विकासमा क्रियाशील गायक तथा सङ्गीतकर्मीलाई प्रत्येक वर्ष मङ्सिर १९ गतेका दिन सो पुरस्कार प्रदान गरिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीको सतह बढेपछि ‘बेलिब्रिज’ झिकियो
-
गाजा युद्ध रोक्न नेतन्याहुले राखे यस्तो शर्त
-
इन्स्टिच्युट अफ पिसले पाए आफ्नो मुख्यालय फिर्ता, मस्कलाई ठुलो झट्का
-
सामान्य प्रशासन मन्त्रालयको मूल गेटमा कर्मचारीको धर्ना
-
३० वर्ष पुग्नु भो ? खानपिनमा गरिहाल्नुस् यी परिवर्तन
-
सुनको मूल्य थप बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?