शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तातो पानीले नुहाउँदा यी कुरा ख्याल गरौँ

बिहीबार, १६ मङ्सिर २०७३, १५ : ११
बिहीबार, १६ मङ्सिर २०७३
सबी श्रेष्ठ, ब्युटिसियन चिसो मौसममा चिसो पानीले नुहाउनु धेरैलाई तनावको विषय पनि हुन्छ । जाडो सुरु हुनासाथ तातो पानीले नुहाउनुपर्ने धेरैको बानी नै हुन्छ । तातो पानीले नुहाउँदा धेरैलाई रमाइलो अनुभव त हुन्छ, तर यसले शरीर र स्वास्थ्यलाई असर पनि पुर्‍याउन सक्छ । त्यसो त तातो पानीले नुहाउँदा शरीरको दुखाइ कम गर्न पनि सहयोग हुन्छ । एकातिर तातो पानीले नुहाउँदा शरीरलाई केही फाइदा गर्छ भने अनुहारलाई भने केही नोक्सान पनि गर्न सक्छ । धेरै तातो पानीले नुहाउँदा शरीरको छाला डढ्न पनि सक्छ । यसका साथै अन्य विभिन्न छालाका समस्याहरू पनि देखापर्न सक्छन् । खासमा हुन्छ के भने जब हामी धेरै तातो पानीले नुहाउँछौँ हाम्रो शरीरको बाहिरी सतहमा रहेको तैलीय तह पग्लिन सक्छ । यो तैलीय सतह हाम्रो अनुहारको सुन्दरता तथा स्वास्थ्य कायम राख्न महत्वपूर्ण हुन्छ । यसले छालामा हुने धेरै संक्रमणहरूबाट बचाउँछ । यसो भन्दैमा चिसोमा तातो पानीले नुहाउनु हुँदैन नै भन्ने पनि होइन । तर, तातो पानीले नुहाउने सही तरिका भने थाहा पाउन जरुरी छ । चिसोमा चातो पानीले नुहाउने सही तरिकाबारे ब्युटिसियन सबी श्रेष्ठका सुझाब यस्ता छन्ः धेरै तातो पानीले नुहाउने तरिका गलत हो । नुहाउन प्रयोग गर्ने पानी जाडोलाई कम गराउने हल्का मनतातो भए हुन्छ । तातो पानीले नुहाउने विचारमा हुनुहुन्छ भने समयलाई पनि ख्याल राख्नुपर्ने हुन्छ । धेरै लामो समयसम्म तातो पानीले नुहाउनु राम्रो हुँदैन । तातो पानीमा साबुनले नुहाउनु उपयुक्त मानिदैन । साबुन नै प्रयोग गर्ने भए पनि आयल बेस्ड साबुन छनोट गर्नु फाइदाजनक हुन्छ । नुहाउनुअघि प्राकृतिक तेल लगाउनु उपयुक्त हुन्छ । यसले गर्दा नुहाएपछि छाला खस्रो तथा फुस्रो हुन दिँदैन । नुहाएपछि ड्राई ब्रस प्रयोग गर्नु हुँदैन ।  नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप