फेस प्याक लगाउँदा बिर्सेर पनि नगुर्नहोस् यी ६ गल्ती
फेस प्याक लगाउँदा तपाईंको अनुहारमा ग्लो त आउँछ नै तपाईंको रंगमा पनि निकै निखार आउँछ । तर फेस प्याक राम्रोसँग नलगाए यसको राम्रो प्रतिफल निस्कँदैन । फेस प्याकको राम्रो प्रतिफल पाउनका लागि गर्न नहुने यी ६ गल्तीबारे हामी बताउँदै छौं ।
नुहाउनुभन्दा अघि होइन, पछि लगाउनुहोस् फेस प्याकः धेरैजसो हामी नुहाउनुभन्दा अघि फेस प्याकको प्रयोग गर्छौं तर यो सबैभन्दा ठूलो गल्ती हो । त्यसकारण प्याक सधैं नुहाएपछि लगाउनुहोस् । नुहाएपछि हाम्रो छालाको प्वाल राम्रोसँग खुल्छ त्यसकारण फेस प्याक राम्रोसँग छालाको गहिराईसम्म पुगेर आफ्नो असर देखाउने गर्दछ । यसले तपाईंको अनुहारमा राम्रो ग्लो ल्याउन मद्दत गराउँछ ।
फेस प्याकलाई सुक्न नदिनुहोस्ः धेरैजसो हामी फेस प्याक लगाएपछि त्यसलाई यत्तिकै छोडिदिन्छौं र यसलाई हटाउनका लागि कहिले सुक्छ भनेर पर्खेर बस्छौं । तर, तपाईंले यस्तो गल्ती नगर्नुहोस् । यसले छालाको ओसिलोपन खत्तम गर्छ जसका कारण छाला चाउरी पर्छ । फेस प्याक हटाउनका लागि १० वा १५ मिनेट तय गर्नुहोस् (बजारको उत्पादन प्रयोग गरिरहनुभएको छ भने प्याकेटमा दिइएको समय हेर्नुहोस्) । यदि तोकिएको समयभित्रै फेस प्याक सुक्न थाल्यो भने यसमा थोरै गुलाबजल लगाउनुहोस् ।
फेस प्याक मात्र लगाउने होइन, मसाज पनि गर्नुहोस्ः फेस प्याक लगाउने समयमा करिब ५ देखि १० मिनेटसम्म औंलाले अनुहार मसाज गर्नुहोस् । यसले फेस प्याक छालाको गहिराईसम्म गएर आफ्नो असर देखाउन सफल हुन्छ ।
टोनरलाई नजरअन्दाज नगर्नुहोस्ः फेस प्याक हटाएपछि अब काम सिद्धियो भनेर नछोड्नुहोस् । अनुहार धोए पछि यसलाई राम्रोसँग पुछेर गुलाबजल वा टोनर लगाउनुहोस् । यसले तपाईंको छाला थप चम्किलो देखिनेछ ।
साबुनको प्रयोग नगुर्नहोस्ः फेस प्याक हटाउनका लागि साबुनको प्रयोग नगर्नुहोस् । यसलाई साधारण पानीले हटाउनुहोस् ।
कुराकानी नगर्नुहोस्ः जब तपाईंले फेस प्याक लगाउनुहुन्छ तब कोही सँग पनि कुराकानी नगर्नुहोस् । तपाईंको अनुहार हल्लिँदा फेस प्याकमा धर्सा बस्ने गर्दछ जसका कारण फेस प्याकले आफ्नो राम्रो असर देखाउन सक्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
-
गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई नि:शुल्क शिक्षा दिलाउने महानगरको घोषणा
-
प्रतिनिधि सभा बैठक असार ३० गतेसम्मका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण