शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

कति सुरक्षित छ तपाईंले प्रयोग गरेको मास्क ?

बिहीबार, २३ मङ्सिर २०७३, १३ : २८
बिहीबार, २३ मङ्सिर २०७३
काठमाडौं–राजधानीको धुँवा, धुलो र फोहोरले सबैलाई वाक्क बनाएको छ । त्यसमा पनि अहिले जाडोको मौसमा रुघा, खोकीको सङ्क्रमण धेरै छ । यस्तो धुवाँ, धुलो र सङ्क्रमणबाट बच्नका लागि अधिकांशले मास्कको प्रयोग गर्छन् । के मास्कको प्रयोगले यस्तो सङ्क्रमणबाट बचाउँछ त ? यसबारे बरिष्ठ फिजिसियन डा. विमल शर्मा चालिसे भन्छन्, ‘मास्क लगाउनु राम्रो हो । मास्कको प्रयोगले सरुवा रोगहरु रुघा, खोकी लाग्नबाट पूर्णरुपमा सुरक्षित हुन्छु भन्ने धेरैमा हुनसक्छ । तर त्यो भ्रम हो । मास्कको प्रयोगले यति प्रतिशत सुरक्षित गर्छ भन्ने हुँदैन । ’ मास्क लगाउँदाका फाइदा –नजिकै कसैले हाछ्यौँ गर्दा, खोक्दा वा बोल्दा थुक बाहिर निक्लिन्छ भने थुक सीधै मुखमा पस्नबाट बचाउँछ । सार्वजानिक सवारीमा आवत–जावत गर्दा मास्कको प्रयोग अझ प्रभावकारी देखिन्छ । –बढी धुलो भएको ठाउँमा धुलो नाक, मुखमा पस्न केही हदसम्म कम गर्छ । –छेउछाउका मानिसका मुख वा शरीर गनाउँछ भने त्यस्तो दुर्गन्ध केही हदसम्म कम गर्छ । –नाक कोट्याउने, मुखमा औँला हाल्ने बानी हुनेलाई मास्कले केही मात्रामा नियन्त्रण गर्छ । मास्कबारे भ्रम बजारमा विभिन्न खाले मास्क पाइन्छ । नेपालका सन्दर्भमा अधिकांश मानिसले कपडाको सामान्य मास्क प्रयोग गर्छन् । तर वायुमण्डलमा निकै ससाना धुलाका कणहरु हुन्छन् । नाङ्गो आँखाले देख्न नसकिने पर्टिकुलेट म्याटर (पीएम) सूक्ष्मखालको धुलो हो । यस्ता धुलोका कणलाई मास्कबाट भित्र पसी फोक्सोमा असर गर्दछ । फोक्सोमा सङ्क्रमण गर्न थालेपछि रगतमा मिसिई क्यान्सर, दम, श्वासप्रश्वाससम्बन्धी रोग लाग्छ । नेपालमा वातवरणीय प्रदूषणले ८० प्रतिशत रोग लाग्ने गरेको छ । यस्तो मास्क लगाउँदा कम सङ्क्रमण हुन्छ केही महँगो हुन्छ फिल्टर मास्क । अत्यान्तै न्यून मानिसले मात्र प्रयोग गर्दछन् यो मास्क । फिल्टर मास्कको प्रयोग गर्दा श्वास फेर्दा धुलोका कणलाई फिल्टर गरेर स्वच्छ हावाभित्र पठाउँछ । सामान्य पसलमा यो मास्क पाइदैन् । बजारमा सुनेअनुसार यो मास्कको मूल्य ३ हजार ५०० सम्म पर्छ । प्रस्तुति : सर्मिला थापा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप