शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

चिसो मौसममा गर्भवती हुँदा बढ्छ मधुमेहको खतरा

शुक्रबार, ०१ पुस २०७३, १५ : ०३
शुक्रबार, ०१ पुस २०७३

जो महिला चिसो मौसममा गर्भधारण गर्दछन् उनीहरुमा गर्भावस्थमा मधुमेहले सताउने खतरा अत्यधिक हुने एक अनुसन्धानले बताएको छ ।  यसमा आमा र बच्चा दुबैले विभिन्न प्रकारको जोखिमको सामना गर्नुपर्ने सम्भावना उक्त अनुसन्धानले बताएको छ ।

युनिभर्सिटी अफ एडिलेडका अनुसन्धानकर्ताहरुले आफ्नो यो अनुसन्धानमा पछिल्लो पाँच वर्षमा दक्षिण अष्ट्रेलियामा भएको ६० हजारभन्दा बढि शिशुको जन्मसँग जोडिएको आँकडाको आधारमा निष्कर्ष निकालेको हो ।

गेस्टेशनल डायबिटिज मेलिटसलाई गर्भावस्थाको गम्भीर जटिलता मानिन्छ । यस्तो अवस्थामा गर्भावस्थामा रगतमा सुगरको नियन्त्रण हुन सक्दैन । यस्तो प्रकारको मधुमेहले आमाको तौल निकै बढाउँछ भने बच्चाको समयभन्दा पहिले नै जन्म हुनेजस्ता खतरा निम्तिन सक्छ । यस्तो अवस्थामा जन्म लिने बच्चामा पनि ठूलो भएपछि टाइप टु डायबिटिजबाट ग्रस्त हुने खतरा बढ्छ ।

युनिभर्सिटी अफ एडिलेडका रोबिनसन रिसर्च इन्स्टिच्युटसँग जोडिएको पेट्रा वरबर्गले भने, ‘यो अनुसन्धान यो विषयमा गरिएको पहिलो अनुसन्धान हो जसमा जेस्टेशनल डायबिटिज र ‘कुन मौसममा गर्भधारण भएको’ भन्ने बिचको ठोस् प्रमाण पाइन्छ । यो अनुसन्धान सन् २००७ देखि २०११ को बिचमा गरिएको हो ।’

यस अनुसन्धानका अनुसार सन् २००७ मा जेस्टेशनल डायबटिजबाट प्रभावित हुने गर्भवती महिलाको संख्या ४.९ प्रतिशत थियो जुन सन् २०११ मा बढेर ७.२ प्रतिशत भएको छ ।

जो महिला चिसो मौसममा गर्भधारण गर्छिन् उनलाई गर्भवती हुँदा जेस्टेशनल डायबिटिजको खतरा धेरै हुन्छ । यस्तो प्रकारका कुल गर्भवती महिलाहरुमा ६.६ प्रतिशत महिलाहरुमा जेस्टेशनल मधुमेहको पाइयो । यस्तै गर्मी मौसममा गर्भ धारण गर्ने महिलामा यो आँकडा ५.४ प्रतिशत पाइयो ।

यो अनुसन्धान डायबिटिज रिसर्च एण्ड केयर जनरलमा प्रकाशित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप