दाँत कीराले खाने समस्याबाट पीडित हुनुहुन्छ ? विशेषज्ञ डा. शीतल श्रेष्ठका टिप्स्
दाँत सौन्दर्यका लागि मात्र हैन, स्वास्थ्यका लागि पनि अति नै महत्वपूर्ण छ । खाएको खानालाई राम्रोसँग टुक्र्याउने र चपाई लयालु बनाउने काम दाँतले गर्छ । यसरी मसिनो बनाएर खाएको खानेकुरा राम्रोसँग पच्ने हुँदा शरीरलाई आवश्यक पर्ने तत्व पनि प्राप्त हुन्छ । यसबाट सहज रुपमा पचाउन र विभिन्न रोगबाट बच्न सकिन्छ । दाँतलाई स्वस्थ, बलियो र आकर्षक बनाउने सम्बन्धमा दाँत विशेषज्ञ डा. शीतल श्रेष्ठका यस्ता छन् टिप्स् :
दाँत कसरी बिग्रन्छ ? दाँत विग्रनुको मुख्य कारण भनेको नै खाना खाइसकेपछि दाँतलाई सफा नगर्नु हो । दाँत सफा नगर्दा हामी खाएको खाने कुरा दाँतको कुना र भित्तामा टाँसिन्छन् । धेरै समय रहेपछि यस्ता टुक्राहरु कुहिन्छन् । जसकारण दाँतमा कीरा लाग्नुका साथै दाँतको जरा खुकुलो हुने, गिजा सुन्निने रगत आउने, दाँत हल्लिने, दुख्नेलगाएतका समस्या आउँछन् ।
दाँतको हेरचाहा कसरी गर्ने ? –कम्तीमा २ पटक बिहान बेलुका खाना खाइसकेपछि राम्ररी ब्रस गर्ने । यसो गर्दा दाँतमा लामो समय फोहोर बस्न पाउँदैन र दाँत सफा हुन्छ । – धेरै गुलियो वा दाँतमा टाँसिने खानेकुरा खाँदा दात तुरुन्त ब्रस गर्ने । –सुत्ने बेलामा अन्त्यमा पानी पिउने । जसले गर्दा दाँतमा टासिएका कुराहरु पखालिन सहयोग पुग्छ । –दाँत सफा र चम्किलो बनाउने ध्येयमा कतिपयले घोटेर धेरै बस्र गर्छन् यसो गर्नु हुँदैन । २, ३ मिनेट हल्कासँग मिलाएर ब्रस गर्ने । –महिनाको एक पटक ब्रस परिवर्त गर्ने । –ब्रस गर्दा जहिले पनि ४५ डिग्रीको कोणमा घुमाएर नरम ब्रसले गर्ने । –कम्तीमा वर्षको एक पटक विशेषज्ञकहाँ दाँत चेक गराउनुपर्छ । –दाँतको हेरचाहा बच्चाको दाँत आएदेखि नै गर्नुपर्छ । –दाँत दुख्यो वा केही समस्या आइहाल्यो भने जथाभावी औषधी सेवन गर्नु हुँदैन । चिकित्सक सल्लाहा बमोजिम गर्नुपर्छ । –धेरै सारो कुरा नटोक्ने ।
दाँतको दुखाइ कम गर्न यसरी घरेलु उपाय प्रयोग गर्न सकिन्छ : दाँत कीराले खाएको बेला दुख्दा यसो गर्नुस् जुन दीर्घकालीन समस्याको समधान भने होइन् । केही समय दुखाइ कम गर्न सक्छ ः –दाँत दुखेको ठाउँमा लसुनको एक केस्रा थोरै वीरेनुनमा चोबेर राख्यो भने दुखाइ कम हुन्छ । – दैनिक लसुनको टुक्रा बिहान बिहान चपाउने गर्नुस् यसो गर्दा दुखाइ कम हुन्छ । –ल्वाङको तेल कपासमा भिजाएर दुखेको ठाउँमा राख्नुस् दुखाइ कम हुन्छ । –पुदिनाको पातलाई पिसेर दुखेको ठाउँमा राख्दा पनि दुखाइ कम हुन्छ ।दाँतमा यसरी लाग्छ कीराः दाँतमा कीरा छोटो समयमै लागिहाल्छ भन्ने होइन । ब्याक्टेरिया उत्पादन भएपछि बिस्तारै एसिड उत्पादन गर्छ र दाँत बिग्रँदै जान्छ । मानव शरीरको सबैभन्दा कडा भाग भनेकै इनामेल हो । इमनामेल छेडेर त्योभन्दा पनि भित्र गएपछि दाँतमा समस्या देखापर्छ । भित्री भाग डेन्टिनमा ब्याक्टेरिया पुगेपछि दाँत सिरिङसिरिङ गर्ने, कालो हुने, दुख्नेलगायतका समस्या आउँछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण