शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

मधुमेहको लागि मात्र होइन, यी १० फाइदाका लागि पिउनुहोस् मेथीको पानी

शनिबार, ०२ पुस २०७३, १६ : १७
शनिबार, ०२ पुस २०७३

मेथीमा एन्टिइन्फ्लामेटरी गुण पाइन्छ । यसको दानालाई पानीमा भिजाउँदा यसको पोषक तत्व कयौं गुणा वृद्धि हुन्छ । त्यसकारण मेथीको सट्टा यसको पानी धेरै फाइदाजनक हुन्छ । यसलाई बनाउनका लागि राती एक कप पानीमा मेथीको दाना भिजाउनुहोस्, बिहान खाली पेटमा यो पानीलाई छानेर पिउनुहोस् । दैनिक बिहान खाली पेटमा मेथीदानाको पानी खानुका फाइदाबारे यहाँ जानकारी दिइएको छ ।

कब्जियतः दैनिक बिहान खाली पेटमा मेथीको पानी पिउँदा पाचनक्रियामा राम्रो हुन्छ जसले कब्जियतको समस्या हटाउँछ ।

स्वस्थ छालाः मेथी पानीमा एन्टिअक्सिडेन्टको मात्रा पर्याप्त हुन्छ । यसले छालालाई स्वस्थ राख्न सहयोग गर्दछ ।

मधुमेहः मेथीदानाको पानीमा पाइने एमिनो एसिडले शरिरको इन्सुलिनको स्तरलाई नियन्त्रणमा राख्दछ । जसका कारण मधुेमहबाट राहत दिलाउँछ ।

तौल घटाउनुहोस्ः मेथीदानाको पानीमा फाइबरको मात्रा पर्याप्त हुन्छ । यसलाई दैनिक पिउँदा तौल घट्न सहयोग पुग्दछ ।

पाचनः मेथीको पानीमा भरपुर फाइबर र एन्टिअक्सिडेन्ट हुन्छ । यसले शरिरको टक्सिनलाई बाहिर निकाल्छ जसले पाचन क्रियालाई मजबुत बनाउँछ ।

स्वस्थ मुटुः मेथीदानाको पानीमा पोटासियमको मात्रा निकै धेरै हुन्छ । यसले शरिरमा सोडियमको मात्रालाई नियन्त्रणमा राख्छ जसले रक्तसंचारलाई राम्रो बनाउँछ र मुटु स्वस्थ राख्नमा मद्दत गर्दछ ।

एसिडिटीः मेथीदानाको पानीले एसिडको स्तरलाई नियन्त्रणमा राख्छ । यसले एसिडिटीको समस्यालाई टाढा राख्छ ।

रुघा खोकीः मेथीदानाको पानीमा पाइने एन्टिब्याक्टेरियल गुणले भाइरल ज्वरोबाट बचाउँछ ।

क्यान्सरः मेथीदानाको पानीमा पाइने फाइबरले शरिरबाट टक्सिनलाई बाहिर निकाल्न सहयोग गर्दछ जसले कोलोन क्यान्सरको खतराबाट जोगाउँछ ।

उच्च रक्तचापः मेथीदानाको पानीमा पाइने पोटासियमले रक्त संचारलाई सुधार्छ । यसले उच्च रक्तचापको समस्यालाई नियन्त्रणमा राख्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप