शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

जाडोबाट वृद्धावृद्धलाई कसरी बचाउने ? जान्नुहोस्, विशेषज्ञ डाक्टरका सुझाव

आइतबार, ०३ पुस २०७३, १३ : ५५
आइतबार, ०३ पुस २०७३
जाडो बढेसँगै विशेष गरेर वृद्धावृद्धमा धेरै खालका रोग देखा पर्छन् । रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै जाने भएकाले पनि वृद्धवृद्धालाई जाडोमा बढी सङ्क्रमण हुने गर्दछ । जाडोमा वृद्धावृहरूद्धमा देखापर्ने सङ्क्रमण र त्यसबाट बचाउने सम्बन्धमा वरिष्ठ वृद्धवृद्धारोग विशेषज्ञ डा. सारा क्षेत्री यसो भन्छिन् : बढ्दो चिसो वृद्धवृद्धाका लागि अति नै प्रतिकूल समय हो । यो समयमा वृद्धावृद्धको स्वास्थ्यमा सामान्य ख्यालको कमीले मृत्युसम्म हुनसक्छ । त्यस कारण वृद्धावृद्ध स्वयं र स्याहार सुसारमा खटिने व्यक्ति चनाखो हुनुपर्छ । चिसोमा यस्ता समस्या बढी देखिन सक्छ : – सबैभन्दा बढी देखिने समस्या भनेको नै श्वासप्रश्वाससम्बन्धी सरुवा रोग र भाइरल रोग । – बढी चिसोमा सहजै समायोजन हुन नसकेकाले रुघाखोकी लाग्नु । – साधारण रुघाखोकी लाग्दा सिँगान आउने, नाक बन्द हुने, आँखा रसाउने, चिलाउने, घाँटी खसखसाउने लगायतका समस्या देखापर्छन् । – फ्लु रुघाखोकीको अलि गहिरो रुप हो । यो लाग्दा टाउको दुख्ने, कामज्वारो आउने, सुख्खा खोकी लाग्ने, शरीर थकित हुने हुन्छ । – यही फ्लु वा इन्फ्ल्युन्जाको समयमै उपचार गरिएन भने निमोनिया हुन्छ । निमोनिया हुँदा यस्ता लक्षण देखापर्छन् : – छाती दुख्ने । – खोकी बढ्दै जाने । – रगतमा अक्सिजनको मात्र कमी हुँदा शरीरका विभिन्न भाग निलो (साइनोसिस) हुने । – श्वासप्रश्वासमा समस्या देखापर्ने । – समयमै यस्तो इन्फ्ल्युन्जाको निदान गरिएर भने २, ३ दिनको अवधिमै यसका कडा ब्याक्टेरियाले सङ्क्रमण गर्छ । मृत्युसमेत हुनसक्छ । – इन्फ्ल्युन्जाको सङ्क्रमण दीर्घ रोगी मुटु, मृगौला, दम भएका वृद्धवृद्धामा अझ बढी देखापर्छ । इन्फ्ल्युन्जा वा निमोनिया हुनबाट कसरी बच्ने : – इन्फ्ल्युन्जा विरुद्धको खोप लगाउने । नेपालमा खोप लगाउने प्रवृत्ति ज्यादै न्यून छ । तर पछिल्लो समय बालबालिकामा भने खोप लगाएर यस्तो सङ्क्रमण न्यून हुँदै गएको छ । वृद्धावृद्धमा भने सङ्क्रमण उस्तै छ । – बढी भीडभाडमा नबस्ने । – सरसफाईमा ध्यान दिने । – सम्भव भएसम्म हात नमिलाउने, रुखाखोकी लागेका व्यक्तिबाट टाडै रहने । –पोषणयुक्त ताजा खानेकुरा खाने । – समयअनुसारका फलफूल खाने । तर बढी चिसोमा राखेर खानु हुँदैन् । – नियमित व्यायम वा शारीरिक अवस्था हेरेर सहज हुने काम गर्ने । – न्यानो वातावरणमा राख्ने । – वृद्धावृद्धको हेरचाहामा खटिने व्यक्ति पनि स्वस्थ्थ र सरसफाईमा बढी ध्यान दिने हुनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप