संसद्का दुई समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
सारांश
- सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति र राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक शुक्रबार बस्ने भएको छ।
- सार्वजनिक लेखा समितिको बैठकमा बेरुजुका विषयमा छलफल हुने र उपसमिति गठन गरिनेछ।
- राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुस्तकालय नीतिबारे छलफल हुनेछ र पुस्तकालयविद् हिरेन्द्र बहादुर शाहीले प्रस्तुतीकरण गर्नेछन्।
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति र राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक शुक्रबार बस्ने भएको छ।
सार्वजनिक लेखा समितिको नवौँ बैठक शुक्रबार बिहान १० बजे समितिको बैठक कक्षमा बस्नेछ। सो बैठकमा बेरुजुका विषयमा छलफल हुने र उपसमिति गठन गरिने कार्यसूची तय भएको छ। बैठकमा विविध विषयमा पनि छलफल हुने जनाइएको छ।
यसैगरी, राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३३५औँ बैठक पनि शुक्रबार नै बस्दैछ। सिंहदरबारमा रहेको समितिको हलमा बिहान १०:१५ बजे बैठक बोलाइएको छ।
शाखा अधिकृत गुणमाया सुनुवारका अनुसार सो बैठकमा पुस्तकालय नीतिका सम्बन्धमा छलफल हुनेछ। बैठकमा पुस्तकालयविद् हिरेन्द्र बहादुर शाहीले विज्ञका रूपमा प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको छ। बैठकमा समितिका सदस्यहरूका साथै सम्बन्धित सरोकारवालाहरूलाई आमन्त्रण गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्तिसुँडे–शिखरपुर–अम्वास सडक 'प्रदेश प्राथमिकता प्राप्त आयोजना' मा छनोट
-
एक चीन नीतिमा नेपाल दृढ छ : परराष्ट्र मन्त्रालय
-
असार २९ देखि राहदानीमा नयाँ प्रणाली: जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने
-
महानगर प्रहरीले ‘ह्विल लक’ गर्ने, सवारी उठाउने नियम छ ?
-
‘असारे विकास’को लहरमा लुम्बिनीको बजेट खर्च ६७.१८ प्रतिशत
-
धनुषामा माछाको भुरा वितरणमा ७२ लाख भ्रष्टाचार : तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण