शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

राती गर्नुहोस् यी काम, एक महिनामा तौल घट्नेछ

सोमबार, ०४ पुस २०७३, १६ : ५३
सोमबार, ०४ पुस २०७३

व्यस्त जीवनशैलीका कारण तपाईं दिउँसो तौल घटाउने कोसिस गर्न सक्नुहुन्न भने अब चिन्ता नलिनुहोस् । रातको समयमा केही काम गरेर तपाईं आफ्नो तौल घटाउन सक्नुहुन्छ ।

१. एक कचौरा दहीः बेलुकाको खानासँगै फ्याट नभएको दुधले बनेको एक कचौरा दही खानुहोस् । यसो गर्दा तपाईंको पेट छिट्टै भरिन्छ र तपाईंको पाचन प्रक्रिया सुध्रनेछ । दहीमा हुने प्रोटिनले सुतिरहेको समयमा शरिरको बोसोलाई घटाउन सहयोग गर्दछ ।

हल्का डिनरः राती तेल र मसाला भएको खानेकुराको सट्टा सूप, दाल, ओट्स, खिचडीजस्ता हल्का खानेकुरा खानुहोस् । यसमा क्यालोरीको मात्रा कम हुन्छ तर यसमा पर्याप्त पोषक तत्व हुन्छ । यसले तौल घटाउन सहयोग गर्दछ ।

चाँडै खाना खानुहोस्ः ८ बजेसम्म रातीको खाना खाइसक्नुहोस् । सुत्नुभन्दा कम्तीमा ३ देखि ४ घण्टा पहिले डिनर गर्दा पाचन क्रिया राम्रो हुन्छ । यसले तौल नियन्त्रण गर्न निकै सहयोग गर्दछ ।

प्रोटिनयुक्त खानाः राती अण्डा, पनिर, माछा, ड्राई चिकनजस्ता खानेकुरा खानुहोस् । यसबाट पर्याप्त प्रोटिन पाइन्छ जसलाई पचाउनका लागि शरिरले धेरै क्यालोरी खर्च गर्नेछ ।

ग्रीन टीः सुत्नुभन्दा पहिले एक कप ग्रीन टी पिउनुहोस् । यसमा पाइने एन्टिअक्सिडेन्टले सुतिरहेका बेला शरिरको बोसोलाई घटाउन मद्दत गर्दछ ।

बेसार हालेको दुधः राती सुत्नुभन्दा पहिले एक ग्लास बेसार हालेर दुध पिउनुहोस् । यसले पाचन क्रिया राम्रो हुन्छ र शरिरको बोसो तिब्र रुपमा घटाउन मद्दत गर्दछ ।

अँध्यारो कोठाः सुत्ने क्रममा कोठामा नाइट ल्याम्पको प्रयोग नगर्नुहोस् । कोठा पूर्ण रुपमा अँध्यारो भए मिठो निन्द्रा लाग्छ । यसले तौल घटाउन पनि सहयोग गर्दछ । (द अमेरिकन जर्नल अफ इपिजियोमोलोजीको रिपोर्ट)

खुर्सानी खानुहोस्ः राती खुर्सानी र केही पिरो खानुहोस् । खुर्सानीमा पाइने क्याप्सिकिनले शरिरको क्यालोरी खर्च गर्न सहयोग गर्दछ ।

थाहा पाउनुहोस्, के नखाने कार्बोहाइड्रेट नखानुहोस्ः राती रोटी, भात, इडलीजस्ता खानबाट बच्नुहोस् ।

कफी नपिउनुहोस्ः राती सुत्नुभन्दा कम्तीमा दुई घण्टा अघि कफी नपिउनुहोस् । यसमा पाइने क्याफिनले निन्द्रा लाग्न दिँदैन । राती राम्रोसँग ननिदाउँदा शरिरमा तौल बढाउने हर्मोनको स्तरमा वृद्धि हुन्छ ।

गुलियो फलफूलः राती केरा, अनारजस्ता फलफूल नखानुहोस् । यसमा क्यालोरीको मात्रा धेरै हुन्छ जसले तौल बढाउन सहयोग गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप