शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

कस्तो जारको पानी स्वस्थ ?

मङ्गलबार, ०५ पुस २०७३, १० : ३७
मङ्गलबार, ०५ पुस २०७३
मदन चापागाईं, खाद्य प्राविधिक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग प्लास्टिकको जार कुच्चिएको, फुटेको, पुरानो भएर धुलोमैलो लागेको, जारको भित्री भागमा लेउ लागेकोजस्तो देखिएमा प्रयोग नगर्ने । जारको टाउकोमा लगाइएको क्यापमा अनुज्ञापत्र लिएको छ/छैन हेर्नुपर्छ । डिएफसिक्युसी (डिपार्टमेन्ट अफ फुड टेक्नोलोजी एन्ड क्वालिटी कन्ट्रोल नम्बर) पनि हेर्नुपर्छ । यस्तो नम्बर भएको उत्पादन खाद्य प्रविधिको नियमनमा छ भन्ने बुझ्नुपर्छ । क्यापमा लगाइएको लेबलमा ब्रान्ड नेम, उत्पादन मिति, उपभोग मिति, कम्पनीको सही स्थान वा फोन नम्बर छ/छैन हेर्नुपर्छ । जारको क्यापमा स्रिङ्क र्‍याप भएको हुनुपर्छ । बाहिरबाट मेसिनद्वारा प्लास्टिकले लेमिनेसनजस्तै गरिएको यस्तो र्‍यापले गुणस्तरीय उत्पादनमा जोड दिन्छ । यस्तो र्‍याप नभएको जार खरिद नगर्ने । बिक्रेतालाई पनि सो विषयमा सजग गराउनुपर्छ । जारमा मिनरल वाटर लेखेको भएमा त्यो गलत हो । यस्तो लेखिएको जारमा शंका गर्नुपर्ने हुन्छ । विभागले प्रोसेस ड्रिंकिङ वाटरका लागि मात्र सबै कम्पनीलाई स्वीकृति दिएको छ । सबै बोटलमा यही लेखिएको हुनुपर्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप