दलहरु रोम विधान अनुमोदन गर्न डराए : इन्सेक
ललितपुर - मानवाधिकारका क्षेत्रमा काम गर्नेहरुले राजनीतिक दलहरुमा रोम विधान अनुमोदन गर्दा आफूहरु फस्छौँ कि भन्ने डर रहेको बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सोमबार यहाँ आयोजना गरेको कार्यक्रममा संविधानविद्, अधिवक्ता, अधिकारकर्मीलगायतले शक्तिमा भएकाहरुले नचाहेकै कारण विधान अनुमोदन हुन नसकेको ठोकुवा गरे ।
वरिष्ठ अधिवक्ता तथा सांसद राधेश्याम अधिकारीले दलहरुले हिंसामा विश्वास गर्दा विधान अनुमोदन गर्न डराएको आरोप लगाए । उनले भने – “दलहरुले हिंसामा विश्वास गर्दा नै आफू फसिन्छ भनेर यसलाई अनुमोदन गर्न डराइरहेका छन् ।” जुनसुकै अन्तर्राष्ट्रिय कानुन अनुमोदनसँगै कार्यान्वयन पनि आवश्यक भएकामा उनको जोड छ ।
महान्याधिवक्ता रमनकुमार श्रेष्ठले आन्तरिक फौजदारी न्यायलाई बलियो बनाउनका लागि रोम विधानको अनुमोदन गर्नुपर्नेमा जोड दिनुभयो । साक्षी संरक्षण आवश्यक भएकामा उनको जोड छ । उनले भने – “विभिन्न देशमा हेर्दा यो महँगो देखिए पनि आवश्यक छ ।”
नेपाल कानुन आयोगका अध्यक्ष माधवप्रसाद पौडेलले आन्तरिक न्याय कमजोर हुँदा रोम विधानको बढी आवश्यकता पर्ने बताए। नेपाल मानवअधिकार प्रत्याभूत गर्नेमा अघि रहेको उनको जिकिर छ । उनले भने – “दक्षिण एसियाका अन्य मुलुकभन्दा हामी अघि छौँ ।”
संविधानविद् डा सूर्य ढुङ्गेलले विधान अनुमोदनका लागि स्थानीयदेखि राजनीतिक तहसम्म सचेतना आवश्यक भएको बताए । जवाफदेहिता निगरानी समूहका अध्यक्ष चरण प्रसार्इं र इन्सेकका अध्यक्ष सुबोधराज प्याकु¥यालले कानुन बलियो हुँदा आफूलाई दपेट्छ भन्ने त्रास दलका नेतामा भएको विचार व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण