बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पर्सा वन्यजन्तु संरक्षण कार्यालयमा १६ बाघ

मङ्गलबार, ०५ पुस २०७३, १३ : ३९
मङ्गलबार, ०५ पुस २०७३

वीरगन्ज -पर्सा वन्यजन्तु संरक्षण कार्यालय आधाभार बारामा पहिलो चरणको गणना हुँदा सन् २०१५/१६ मा १९ बाघ रहेको पाइएको छ ।

बाघको स्थितिबारे अनुगमन गर्ने उद्देश्यले सञ्चालित बाघ गणना १६६ एकाइ बनाएर सुरु गरिएको राष्ट्र प्रकृति संरक्षण कोष अमलेखगन्जका संरक्षण अधिकृत शशाङ्क पोडेलले बताए । प्रत्येक एकाइमा २५२ किमी क्षेत्रफल र एक जोडी क्यामरा जडान गरी ६६ वटा एकाइमा पहिलोचरणको काम सम्पन्न भएको छ ।

क्यामरा ट्रयापिङ प्रविधिबाट बाघगणना गरिएको छ । तीन चरणमा सो काम सम्पन्न गरिने छ । जुलोजिकल सोसाइटी अफ लन्डन नेपाल कार्यालयको आर्थिक सहयोग र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा सो गणना सुरु गरिएको छ ।

राष्ट्रिय बाघ गणना अन्तर्गत सो आरक्षणमा सन् २०१३ । १४मा मा सात र सन् २०१४÷१५ मा १० वटा बाघ रहेको कार्यालयले जनाएको छ । पर्सा, बारा तथा मकवानपुरका वन समेटेको सो आरक्षणको क्षेत्रफल ६२७. ३६ वकिमी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप