मृत्युको मुखबाट बचेका नायरले कसरी भारतका लागि इतिहास रचे
चेन्नाई – सोमबार करुन नायरको जीवनको महत्वपूर्ण दिन बन्यो । सम्भवतः यो उनको जीवनको नयाँ मोड हुनेछ ।
तर, पछिल्लो १२ महिना उनको जीवन यति सहज भने थिएन । २९ वर्षीय भारतीय क्रिकेटर केरला भएको डुंगा दुर्घटनामा बालबाल बँचेका थिए ।
यदी उनले सोमबार चेन्नाईमा इंग्ल्याण्डविरुद्ध तेहोरो शतक नबनाएको भए सायद उनले सन् २०१६ लाई यही घटनाको लागि सम्झिने थिए होला । गत जुलाइमा केरेलाको नदीमा डुंगा पल्टिएको थियो । डुंगाको महोत्सव भनेर चिनिने अरनमुलाला भालासद्याको दौरान उनी चढेको डुंगा पप्मा नदीमा दुर्घटनामा परेको थियो ।
उनी भारतका लागि डेब्यु गर्न जिम्बाव्वेको यात्रामा जान लागेका थिए । त्यसैका लागि कर्नाटकाका यी क्रिकेटर त्यहाँको मन्दिरमा पूजा गर्न जाँदै थिए ।
अरनमुलाला मन्दिर नजिकै पुगेपछि डुंगा पल्टियो । त्यतिबेलाको समाचारको रिपोर्ट अनुसार उनले केही समय पौडेर तट नजिक पुगेका थिए, जहाँ उनलाई अन्य डुंगाकाहरुले बचाएका थिए । उक्त घटनामा ६ जनाको मृत्यु हुनुका साथै कयौँ बेपत्ता बनेका थिए ।
सायद त्यहीँबाट उनले बाँच्ने कला सिके जुन उनले क्रिकेटको मैदानमा लागु गरे । इंग्ल्याण्डको बलिङ आक्रमणबाट लामो समय बच्दै तेहोरो सतक हिर्काए ।
सोही खेलमा कर्नाटकाकै अर्का खेलाडी लोकेश राहुलले भने दोहोरो शतक हिर्काउन मात्र एक रन चुकेका बेला उनले भने ३८१ बलको सामना गर्दै नटआउट रहँदै ३०३ रन बनाएर नयाँ इतिहास रचे ।
अजिंका रहाने घाइते भएर यस खेलमा मौका पाएका नायरले यसअघि दुई टेस्टमा रन बनाउन सकेका थिएन् । तर, अन्तिम टेस्टमा भाग्यले पाएको मौकालाई पूर्ण रुपमा सदुपयोग गरे । कयौँ किर्तिमानहरुमा आफ्नो नाम दर्ज गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण