बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विद्युत् चोरीको अभियोगमा १६ जना उपकरणसहित पक्राउ

मङ्गलबार, ०५ पुस २०७३, १४ : ३१
मङ्गलबार, ०५ पुस २०७३

झापा -  नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चोरीको अभियोगमा १६ जनालाई आज बिहान पक्राउ गरेको छ ।

प्राधिकरण र प्रहरीको संयुक्त टोलीले गरामीको खोपवाडी र विरानटोलबाट सो अभियोगमा संलग्न व्यक्तिलाई पक्राउ गरेको केन्द्र प्रमुख तथा प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी दिए । पक्राउ परेका सबैलाई अहिले इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।

विद्युत् नचोर्न पटक पटक सार्वजनिक सूचना जारी गरे पनि सूचनाको अवज्ञा गरेपछि बाध्य भएर चोरीमा संलग्नलाई पक्राउ गर्नुपरेको उनको भनाइ छ । पछिल्लो तीन महिनदेखि चोरीमा संलग्न हुनेहरुलाई विद्युतीय सामग्री जफत गर्दै सम्झाएर छाडिएको थियो तर पटक पटक सम्झाउँदा पनि अटेर गर्दै विद्युत् चोरीबाट राईसमिल, समिल, अठो मोवाइल, वर्कसपजस्ता कारखाना समेत चलाएको पाइएपछि बाध्य भएर त्यस्ता व्यक्तिलाई कारबाही गर्ने अभियान चलाइएको केन्द्र प्रमुख सिंहको भनाइ छ । पक्राउ परेका सबैलाई विद्युत् चुहावट नियन्त्रण ऐन अन्तर्गत कारबाही अघि बढाइने कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप