बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माइकल सुमाकर ओछ्यान परेको तस्विर चोरेर १० करोडमा बिक्री !

मङ्गलबार, ०५ पुस २०७३, १५ : १३
मङ्गलबार, ०५ पुस २०७३

जेनेभा – फरमुला वान लिजेन्ड माइकल सुमाकर कोमामा रहेर ओछ्यान परेको तस्विर घरबाट लिएर एउटा सञ्चार गृहलाई करिब १ मिलियन डलरमा बिक्री गर्ने अफर गरिएको छ ।

सन् २०१३ को अन्त्य तिर स्किइङ गर्दा दुर्घटनामा परेर उनको मस्तिष्कमा चोट लागेको थियो । त्यसपछि उनको स्वास्थ्य स्थिति गोप्य राखिएको छ । जर्मन वकिलहरुले सात पटकको विश्व च्याम्पियन रहिसकेका सुमाकरको व्यक्तिगत गोपनियता हनन भएको आरोप लगाएका छन् ।

प्रहरीले उक्त फोटो लिने व्यक्ति सुमाकरको साथी हुन सक्ने बताएको छ ।

बेलायती अखबार द सनका अनुसार एक अज्ञात व्यक्तिले गोप्यरुपमा सुमाकरको तस्विर खिचेर त्यसलाई ठूलो रकममा बिक्री गर्न खोजेको बताएको छ ।

आगामी डिसेम्बर २९ मा फ्रेन्च आल्पमा भएको उक्त दुर्घटना भएको तीन वर्ष पुग्दैछ । उनको स्वास्थ्य स्थितिबारे धेरै पटक प्रश्न उठे पनि परिवारले त्यसमा गोपनियताका लागि आग्रह गर्दै चुप्पी साँध्ने गरेको छ ।

‘माइकलको स्वास्थ्य स्थिति कुनै सार्वजनिक महत्वको विषय होइन । त्यही भएर हामी यसबारे कुनै प्रतिक्रिया दिँदैनौ । हामीले उनको व्यक्तिगत गोपनियताको सम्मान गर्नुपर्छ,’ उनको म्यानेजर सबिन केह्मले वक्तव्य जारी गर्दै बताइन् । कहिलेकाहीँ भने उनको स्वास्थ्य स्थितिको बारे थोरै जानकारी दिइएको थियो ।

सन् २०१३ को दुर्घटनापछि उनी मेडिकल्ली इन्डियुस्ड कोमामा रहेका छन् । सन् २०१४ को सेप्टेम्बरमा उनलाई अस्पतालबाट जेनेभामा रहेको घरमा सारिएको थियो । उनी अझै प्यारालाइसिसमा नै रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप