पाँचौ टेस्टमा इंग्ल्याण्डमाथि भारतको रोमाञ्चक जीत
चेन्नाई – बराबरीतर्फ उन्मुख टेस्टको अन्तिम दिनको अन्तिम सेसनमा उत्कृष्ट बलिङ प्रदर्शन गर्दै भारतले इंग्ल्याण्डमाथि एक इनिङ तथा ७५ रनको रोमाञ्चक जित हासिल गरेको छ ।
इंग्ल्याण्डको जीतको सम्भावना न्युन रहेको खेलमा इंग्ल्याण्डले टेस्ट बराबरी गर्न अन्तिम दिन सबै विकेट नगुमाउन पर्ने थियो ।
लञ्चसम्म इंग्ल्याण्डको दश नै विकेट बाँकी थियो । त्यस्तै चियाको ब्रेकसम्म ६ विकेट बाँकी नै थियो । तर, मोइन अली आउट भएपछि इंग्ल्याण्डको पारी धर्मराउन पुग्यो । ४ विकेटको क्षतिमा १ सय ९२ रनको स्थितिमा रहेको इंग्ल्याण्ड मात्र २०७ रनमा अलआउट हुनपुग्यो ।
रवीन्द्र जडेजाले घातक बलिङ गर्दै इंग्ल्याण्डका सात जना ब्याट्सम्यानलाई पभेलियन फर्काए ।
यसअघि इंग्ल्याण्डले शुरुवात भने राम्रो गरेको थियो । पहिलो विकेटका लागि एलेस्टर कुक र किटन जेनिङले शतकीय साझेदारी गरे । कुकले ४९ तथा जेनिङले ५४ रन बनाए । मोइन अलीले ४४ तथा बेन स्टोकले २३ रन बनाउनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पहिलो इनिङमा चार सयभन्दा बढी रन बनाएर इंग्ल्याण्ड यो सिरिजमा दोस्रो पटक पराजित हुन पुग्यो । इंग्ल्याण्डले पहिलो इनिङमा ४७७ रन बनाएको थियो ।
जवाफमा भारतले ७ विकेटमा ७५९ रनको विशाल स्कोर बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो ।
यस खेलमा नटआउट रहँदै ३ सय ३ रन बनाएका करुण नायर म्यान अफ द म्याच घोषित भए ।
भारतले ५ खेलको सिरिज ४–० ले आफ्नो पक्षमा पार्यो ।
कप्तान विराट कोहली म्यान अफ द सिरिज घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण