महानगर यातायातले थप ४० बस थप्दै
काठमाडौँ - काठमाडौँ उपत्यकाको चक्रपथमा मात्र बस सेवा दिँदै आएको महानगर यातायात प्रालिले राजधानीका भित्री रुटमा पनि बस सेवा सञ्चालन गर्ने भएको छ भने थप ४० वटा ठूला सिटी बस भित्र्याउने तयारी गरिरहेको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महानगर यातायातले यात्रुको माग र आग्रहलाई मध्यनजर गर्दै चक्रपथभित्रका केही रुटमा यही पुस १५ गतेदेखि बस सेवा विस्तार गर्न लागिएको जानकारी गराएको हो ।
महानगरले अब राजधानीको बनस्थली, स्वयम्भू हुँदै कलङ्कीबाट कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क, जमल, कालोपुल, चावहिल, नारायण गोपालचोक हुँदै नयाँबसपार्कसम्मका रुटमा दुईतर्फी बस सेवा सञ्चालन गर्ने जानकारी अध्यक्ष मधुसुदन अधिकारीले दिए। यी रुटमा तत्कालका लागि चक्रपथमै सञ्चालनमा रहेका ३९ बसमध्ये १० वटा बस भित्री रुटमा सञ्चालन गरिने महानगरले जनाएको छ ।
यस्तै, महानगर यातायातले यही पुस १० गतेदेखि नै आफ्ना यात्रुलाई प्रत्येक टिकटमा उपहारको व्यवस्था गरेको जनाएको छ ।
हिमालयन हर्वल कम्पनीसँगको सहकार्यमा सञ्चालन गर्न लागिएको उपहार योजनाअन्तर्गत यात्रुले प्रत्येक टिकटबापत लक्की ड्र मा सहभागी हुन पाउनेछन् जसबाट दैनिक रुपमा १५० भाग्यशाली यात्रुले हिमालयन हर्वलका तर्फबाट आकर्षक उपहार पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण