ट्रकको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु
बुधबार, ०६ पुस २०७३, ०८ : ०३
चितवन - पूर्वी चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गएराति करिब ८ बजेको समयमा भएको सो दुर्घटनामा परी मोटरसाइकल चालक खैरहनी निवासी २४ वर्षीय सङ्गम सापकोटाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पूर्वबाट भरतपुरतर्फ आउँदै गरेको ना ४ ख ९१२३ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको ना ४२ प ४८५१ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका सापकोटाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राति नै ज्यान गएको हो । ट्रक र चालकलाई भने नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण