सिपप्राप्त १७ किशोरीलाई पुनःस्थापना गृहबाट बिदाई
इटहरी - माइती नेपाल परामर्श तथा पुनःस्थापना गृह, इटहरीले नेपालको विभिन्न जिल्लाबाट महिला हिंसा तथा बेचबिखनको चपेटामा परेका तथा यौन हिंसाबाट प्रताडित बनाइएका चेलीको उद्धार गरी उनीहरुलाई घर परिवार र समुदायमा पुनःस्थापित गराउने कार्यमा विशेष जोड दिँदै आएको छ ।
यही क्रममा छ महिने सिप प्राप्त गरेका १७ जना किशोरीलाई मङ्गलबार माइती नेपालको इटहरी–२ स्थित पुनःस्थापना गृहबाट तालिमको प्रमाणपत्रसँगै बिदाइ गरिएको छ ।
माइती नेपालले धरानमा दुई स्थान तथा इटहरीको तरहरा, आँपगाछी र इनरुवामा सिलाइकटाइको पसल नै स्थापना गरेर ३० जनालाई प्रत्यक्ष रोजगार प्रदान गरिरहेको केन्द्रकी प्रमुख सुनिता कार्कीले जानकारी दिएकी छिन् ।
पूर्वाञ्चलका विभिन्न सीमा नाकासँगै जिल्लाभित्रै पनि हुने महिला हिंसामा परेका महिला वा किशोरीलाई घर परिवार र समाजमा पुनःस्थापित गराउन इटहरीमा स्थापना भएको पुनःस्थापना गृहले स्थापना भएयता २२ टोलीमार्फत ४१३ जनालाई सीपमूलक तालिम दिई समुदायमा स्थापित गरिसकेको छ ।
यही क्रममा माइती नेपालको इटहरीस्थित पुनःस्थापना गृहले यो वर्ष विभिन्न १५ जिल्लाका ३५ जनालाई सिलाइकटाइ तथा बुटिकलगायत जीवनपयोगी तालिम सिकाएर आत्मनिर्भर बन्न योग्य बनाई उनीहरुलाई पुनःस्थापना गृहबाट बिदाइ गर्दै आएको छ ।
कार्कीले गृहबाट तालिम प्राप्त भई गएका अधिकांश किशोरी तथा महिलालाई आआफ्नो जिल्ला र गाउँघरमा गएर मनग्गे आम्दानी प्राप्त गर्ने गरी पुनःस्थापित भइसकेको पनि जानकारी दिइन् ।
यो वर्षको पछिल्लो समूहमा तालिम प्राप्त गरेका किशोरीलाई इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले तालिमको प्रमाणपत्र प्रदान गर्नुहुँदै सबैलाई समाजमा सम्मानपूर्वक आयआर्जनका कार्य गरी उदारहणीय कार्य गर्न सक्नुमा नै तालिमको उपादेयता रहन्छ भने ।
माइती नेपाल पूर्वाञ्चलका कार्यक्रम अधिकृत गोविन्द घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ कृषि वैज्ञानिक प्रदीप कार्की, इन्दु मगर, ओम कोइराला, तीर्थ वन, विष्णु गुरुङलगायतले बोलेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण