बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हात्ती पीडितलाई पाँच लाख क्षतिपूर्ति

बुधबार, ०६ पुस २०७३, ०८ : ०७
बुधबार, ०६ पुस २०७३

भीमदत्तनगर - जङ्गली हात्तीको आक्रमणबाट गत असोज २८ गते ज्यान गुमाएकी कञ्चनपुरको बेलौरी नगरपालिका–१५ रामघाटकी ३५ वर्षीया सुन्दरी चौधरीका परिवारलाई मङ्गलबार क्षतिपूर्ति स्वरुप रु पाँच लाख प्रदान गरिएको छ ।

जिल्ला वन कार्यालय, कञ्चनपुरले मृतक सुन्दरीका श्रीमान् आशाराम चौधरीलाई क्षतिपूर्ति रकम हस्तान्तरण गरेको जिल्ला वन अधिकृत शिवप्रसाद शर्माले जानकारी दिए।

श्रीमान् आशाराम चौधरीसित साइकल चढेर शङ्करपुरको चानदेउ आउने क्रममा स्थानीय गोरखनाथ सामुदायिक वनमा हात्तीको बथानले आक्रमण गर्दा सुन्दरीको घटनास्थलमै मृत्यु भएको थियो भने उनका श्रीमान् आशाराम भागेर ज्यान जोगाउन सफल भएका थिए ।

वन अधिकृत शर्माले घटना भएको केही समयभित्र क्षतिपूर्तिका लागि प्रक्रिया थालिएको र सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालयबाट रकम आएपछि हस्तान्तरण गरिएको बताए । उनले वन्यजन्तु राहत निर्देशिका अनुसार पीडित परिवारलाई क्षतिपूर्ति प्रदान गरिएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप