डोटीका महिलामा यौनरोग सङ्क्रमण बढी
डोटी - पुरुषभन्दा महिलामा यौनरोग सङ्क्रमणको खतरा बढेको एक तथ्याङ्कले देखाएको छ । नेपाल परिवार नियोजन सङ्घ, डोटीले हालसम्म एक हजार ३४४ महिलाको पाठेघरको मुखको परीक्षण गर्दा यस्तो भेटिएको हो । ती मध्ये ७८२ महिलामा यौनरोग सङ्क्रमण भेटिएको छ ।
परिवार नियोजन सङ्घ डोटीले सन् २०१४ देखि पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्दै आएको छ । हालसम्मको सङ्घको तथ्याङ्क हेर्दा यौनरोग सङ्क्रमण दर बर्सेनि बढ्दै गएको देखिएको छ । सङ्घले सन् २०१४ मा ३२८ जनाको परीक्षण गरेको थियो जसमा ९५ जनामा यौन सङ्क्रमण देखिएको छ । त्यस मध्येका छजना पाठेघरको मुखको क्यान्सरको जोखिममा छन् ।
सन् २०१५ मा ४४१ जनामा गरिएको परीक्षणमा २०० जना महिलामा यौनरोगको सङ्क्रमण देखिएको छ । यस्तै, बढ्दै गएको पाठेघरको मुखको क्यान्सर लाग्न सक्ने खतरालाई कम गर्न जनचेतनामा अभिवृद्धि गर्नु जरुरी रहेको परिवार नियोजन सङ्घ जिल्ला शाखा डोटीका प्रबन्धक चेतराज फुलाराले बताउनुभयो । परीक्षण गर्दा जतासुकैको तथ्याङ्कले महिलामा यौनरोगको समस्या देखिन्छ, उनले भने।
सुदूरपश्चिमको हकमा यौनरागीको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको छ । असुरक्षित यौनसम्पर्क र गलत परम्पराले समेत यौनरोगी बढिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण