निर्माण भएको १२ वर्षपछि ब्लड बैंक उद्घाटन
उदयपुर - जिल्ला अस्पताल उदयपुरको परिसर क्षेत्रको छेउमा निर्माण भएको ब्लड बैंक (रक्त संचार) भवन निर्माणकार्य सम्पन्न भएको १२ वर्षपछि बल्ल उद्घाटन भएको छ ।
उक्त भवनको मङ्गलबार उदयपुरको बोक्से, गाईघाटमा एक औपचारिक कार्यक्रमबीच स्वास्थ्य मन्त्री गगनकुमार थापाले उद्घाटन गरेका हुन् ।
विसं २०६१ फागुन महिनाबाट तत्कालीन सगरमाथा अञ्चल प्रशासक रामकुमार सुब्बाको निर्देशनमा निर्माण कार्य सुरु भएको जिल्ला अस्पताल उदयपुरको ब्लड बैंक भवन २०६२ सालमा नै निर्माण कार्य सम्पन्न भएको कुरा जिल्ला अस्पताल उदयपुरले बताएको छ ।
भवन निर्माण कार्य सम्पन्न भएर जिल्ला अस्पतालले ब्लड बैंक सञ्चालनको लागि जिल्ला रेडक्रस सोसाइटी उदयपुरलाई जिम्मा लगाइएको भए तापनि १२ वर्षसम्म पनि भवन उद्घाटन हुन सकेको थिएन ।
यस्तै, मङ्गलबार भवनको औपचारिक उद्घाटन भएपछि अब जिल्ला अस्पतालको लागि तत्काल नै जिल्ला रेडक्रस उदयपुरले ब्लड बैंक सञ्चालन गर्न समेत लागेको कुरा रेडक्रस उदयपुरका अध्यक्ष विनोद बस्नेतले बताए ।
बाह्र वर्षसम्म पनि ब्लड बैंकको भवन सञ्चालनमा नआउँदा जिल्ला अस्पताल उदयपुरमा आउने बिरामीले सिरहाको लहान तथा सप्तरीको राजविराजसम्म रगतको लागि जानुपर्ने बाध्यता रहँदै आएको थियो ।
भवन उद्घाटन समेत भएकाले अब तत्काल नै ब्लड बैंक सञ्चालन गर्न लागेकाले अब जिल्लावासीले रगतका लागि अन्यत्र दुःख पाउन नपर्ने कुरा रेडक्रस उदयपुरका अध्यक्ष विनोद बस्नेतले बताएका छन् ।
चार कोठासहितको एकतले उक्त पक्की ब्लड बैंक भवन निर्माण त्यसबेला साढे दश लाख रुपैयाँ बजेटमा निर्माण कार्य सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण