प्रधानमन्त्रीलाई बाढीपीडितको ज्ञापनपत्र
जाजरकोट - नेकपा (माओवादी केन्द्र) ६ नं प्रदेशको बैठक तथा प्रशिक्षणमा सहभागी हुन वीरेन्द्रनगर, सुर्खेत आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुर्खेतका बाढीपीडितले मङ्गलबार बेलुका ज्ञापनपत्र बुझाएका छन् ।
विसं २०७१ को बाढीबाट पीडित बनेका उनीहरुले आफूहरुलाई भूकम्पपीडित बराबर राहत पाउने खबरले आशावादी बनाएको भन्दै जग्गा खरिदका लागि रकम अपुग भएकाले रकम बढाइदिन माग गरेका छन् ।
बाढीपीडितले जग्गा खरिदका लागि पुग्ने गरी रकम व्यवस्था गर्नुपर्ने, घर बनाउनका लागि दिइने रकम एकमुष्ट उपलब्ध गराउनुपर्ने, सरकारी राहतको भर नपरी ऋण गरेर घर बनाइसकेकालाई तुरुन्तै पूरै रकम निकासी दिनुपर्ने, लामो समयदेखि जोतभोग गर्दै आइरहेकालाई ऐलानी जग्गा खरिद गरी वा आफन्तबाट लिई घर निर्माण गरिसकेका विस्थापितलाई दिने भनी स्वीकृत भएको रकम उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।
चार जिल्ला बाढिपीडित समन्वय समितिका संयोजक बलबहादुर थापाले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाउँदै विभिन्न सङ्घसंस्थाको आर्थिक सहयोगमा आवास निर्माण गरी बसेका विस्थापितलाई पनि अन्य पीडितसरह राहतको व्यवस्था हुनुपर्ने बताए ।
आंशिक क्षति भएका परिवारका लागि निर्धारण गरिएको रकम तुरुन्त वितरण गर्नुपर्ने र छुटेका पीडितको पुनः मूल्याङ्कन गरी राहत प्रक्रियामा समावेश गरिनुपर्ने माग बाढी पीडितको छ ।
वीरेन्द्रनगर आउनुभएका प्रधानमन्त्री दाहाललाई अटो व्यवसायी सङ्घ सुर्खेतले पनि सुर्खेतमा अटो भिलेज निर्माणका लागि सहयोग गरिदिन भन्दै ज्ञापनपत्र बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण